नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका धुल्लुवास्कोट, हुग्दीशिर, सल्यान, बाटाकाचौरसुखौरा गाउँ विकास समितिहरूलाई समेटेर वरेङ गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकाको कूल जनसङ्ख्या १४,४९२ रहेको छ । यसको क्षेत्रफल ७५.२८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हुग्दीशिर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्ला उत्तरमा गल्कोट नगरपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ ।[२][३]

वरेङ
Wareng
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाबागलुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षकृष्णप्रसाद शर्मा (राष्ट्रिय जनमोर्चा)
 • उपाध्यक्षदिलमाया पुन (राष्ट्रिय जनमोर्चा)
 • कार्यकारीतमबहादुर खत्री
क्षेत्रफल
 • जम्मा७५.२८ किमी (२९.०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,४९२
 • घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६८
केन्द्रसाविकको हुग्दीशिर गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्