मालारानी गाउँपालिका
मालारानी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोसको (१,६-९), मरेङको (१-६), खन, खनदह, बाँगी, हंशपूर र गोखुङ्गा गाउँ विकास समितिहरूलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो ।[३] मालारानी गाउँपालिकाको कूल जनसङ्ख्या २८,०४४ रहेको छ । यसको क्षेत्रफल १०१.०६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको खनदह गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्युठान जिल्ला, उत्तरमा प्युठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ ।[४]
मालारानी
Malarani | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ५ |
जिल्ला | अर्घाखाँची जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | बालकृष्ण शर्मा आचार्य (एमाले) |
• उपाध्यक्ष | प्रमिला क्षेत्री (एमाले) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | १०१.०६ किमी२ (३९.०२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २८,०४४ |
• घनत्व | २८०/किमी२ (७२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको खनदह गाविसको कार्यालय |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।