मेन्छयायेम गाउँपालिका

मेन्छयायेम गाउँपालिका, १ नं. प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउँपालिकाको पर्यटकीय आकर्षण उत्तिकै बढेको पाइन्छ । यो गाउँपालिका इतिहासमा पनि प्रसिद्ध रहेको किम्बदन्तीको भनाइ छ । प्राचीन समयमा तेनाहाङ राजाको दरबार, प्रसिद्ध धार्मिक स्थल गौखुरी धाम, मेन्छयायेम डाँडालगायत ऐतिहासिक तथा धार्मिक स्थलले यस गाउँपालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।

           राज्यको पुनर्संरचनाअनुसार स्थानीय तहको नाम स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा नामाकरण गरिएको छ । जसअनुसार यस गाउँपालिकाको नामाकरण लिम्बू धर्म, संस्कृतिका आधारमा नामाकरण गरिएको छ । किम्बदन्तीका अनुसार मेन्छयायेमलाई तीन किसिमले परिभाषित गरिएको छ । तीन किसिमकै परिभाषा मेन्छयायेम डाँडामा आधारित छ । ‘मेन्छया’ अर्थात् ‘तरूनी’ र ‘येप’ अर्थात् ‘उभिएको’ । ‘मेन्छया’ र ‘येप’ को अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको हो । दोस्रोमा यहाँ प्राचीन समयमा ठूलो बजार लाग्ने गर्दथ्यो । जुन बजारमा बोजु (हजुरआमा) र नाति बजार भर्न आएका थिए । यही बजारमा ‘मेन्छया’ अर्थात नाति ‘मये’ हराएको ‘मेन्छयायेप’ भएर अपभ्रंस हुँदै ‘मेन्छयायेम’ रहन गएको भन्ने किम्बदन्ती छ । यस्तै, ताप्लेजुङ्गतर्फका किम्बदन्तीका अनुसार एक ‘तरूनी बुढी बजु’ मेन्छयायेम गुफा फलाक्दै आएर अलप हुने गर्थिन् । ‘मेन्छया’ अर्थात ‘तरूनी’ र ‘येमा’ अर्थात ‘बुढी बजु’ भएर ‘मेन्छयायेमा’ भन्ने किम्बदन्तीको भनाइ छ । जसको अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको हो । मेन्छयायेम डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ, तीन जिल्लाको संगम स्थलमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यही डाँडाको अर्थका आधारमा यहाँको चली आएका धर्मरसंस्कृति र रीतिरिवाज अनुसार मेन्छयायेम रहन गएको हो ।

प्रशासनिक तथा राजनैतिक विभाजन अनुरूप मेन्छयायेमलाई ६ वटा वडामा विभाजन गरिएको छ । वि.सं. २०६८ को जनगणनाअनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या ८०७८ छ । यस गाउँपालिकामा लिम्बू जातिको बाहुल्यता रहेको छ । लिम्बू जातिको अलवा यहाँ ब्राह्मण, क्षेत्री, राई, गुरूङ, भुजेल, शेर्पा, तामाङ, कामी, दमाइलगायत जाति जनजातिको बसोबास तथा छुट्टाछुट्टै भाषा र संस्कृति छ । गाउँपालिका विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जातजाति र भाषा भाषीको संगम स्थल पनि हो । विभिन्न जनजातिहरूको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस गाउँपालिकाले विशिष्ट महत्त्व बोकेको छ ।

           भौगोलिक रूपमा दुर्गम भएतापनि भौगोलिक विविधता, प्रशस्त पानीको स्रोत, घना जंगल, चरण क्षेत्र, मलिला बेसीका कारण कृषि, पशु र पर्यटनको प्रशस्त सम्भावना बोकेको मेन्छयायेम गाउँपालिका यिनै सम्भाव्यताको व्यावसायिकीकरण गर्दै समृद्ध हुने सम्भावना रहेको देखिन्छ ।

           नेपालको मानचित्रमा मेन्छयायेम गाउँपालिकाको फैलाबट करिव २७११'१३''  उत्तरी अक्षांश देखी २७१७'५१'' उत्तरी अक्षांश र ८७२८'०६'' पूर्वी देशान्तरमा देही ८७३३'५६'' पूर्वी देशान्तरमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा फेदाप गाउँपालिका, पश्चिममा म्याङलुङ, उत्तरमा ताप्लेजुङको मैवाखोला गाउँपालिका र संखुवासभाको मादी र चैनपुर नगरपालिका तथा दक्षिणमा फेदाप गाउँपालिकासँग सिमाना जोडिएको छ । पहाडी र उच्च पहाडी भू–भागमा फैलिएको यो गाउँपालिका समुन्द्र सतहबाट १,६५२ मिटर (मोराहाङ्ग बजार) देखि २,९०० मिटर (मेन्छयायेम डाँडा) सम्म फैलिएर रहेको छ ।

मेन्छयायेम
Menchhayayem
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षयादव वहादुर खापुङ (एमाले)
 • उपाध्यक्षगीतादेवी तिम्सीना गौतम (नेपाली का‌ग्रेस)
 • प्रमुख प्रशासकीय अधिकृतनवदीप राई
क्षेत्रफल
 • जम्मा७०.०९ किमी (२७.०६ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा८०७८
 • घनत्व१२०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२६
केन्द्रसाविकको मोराहाङ गा वि स को कार्यालय
वेबसाइटmenchhayayemmun.gov.np

[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पदाधिकारी", मेन्छयायेम गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्