आमाछोदिङ्मो गाउँपालिका
आमाछोदिङ्मो गाउँपालिका रसुवा जिल्लाको एक गाउँपालिका हो।[३][४] यस गाउँपालिकामा साबिकको गत्लाङ, गोल्जुङ, चिलिमे गाविस र हाकु गाविसको वडा नं १ देखि ७ सम्मका वस्तीहरू समावेस गरिएको छ। यस गाउँपालिका घोषणाा हुँदा पार्वतीकुण्ड गाउँपालिकाको नामले नामाकरण भएको थियो। जसको केन्द्र गोल्जुङ तोकिएको थियो। गाउँपालिकाको प्रथम गाउँसभाले गाउँपालिकाको नाम 'आमाछोदिङ्मो' गाउँपालिका नामाकरण गर्ने र केन्द्र गोल्जुङबेसी कायम गर्ने भनी गरेको निर्णय बमोजिम नामसहित केन्द्र परिवर्तन भएको थियो।।राजपत्रमा प्रकाशित सूचना अनुसार पौष २४, २०७४बाट उक्त कार्यान्वयन भएको थियो।[५][६][७]
आमाछोदिङ्मो गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°Eनिर्देशाङ्कहरू: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | रसुवा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | बुचुङ तामाङ (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | चण्डिका तामाङ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ६८२.२३ किमी२ (२६३.४१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६,६७३ |
• घनत्व | ९.८/किमी२ (२५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
वेबसाइट | आधिकारिक वेबसाइट |
नामाकरण
सम्पादन गर्नुहोस्स्थानीय तामाङ भाषामा 'आमा' भनेको पार्वती र 'छोदिङ्मो' भनेको कुण्ड हो । यसरी हेर्दा नेपाली भाषाबाट तामाङ भाषाको रूपान्तरण नै आमाछोदिङ्मो गाउँपालिका हो ।
आकर्षण
सम्पादन गर्नुहोस्यस गाउँपालिकामा तामाङ सम्पदा मार्ग अर्थात ग्रामीण पर्यटनका पूर्वाधारहरू रहेका छन् र वर्षेनी आन्तरिक तथा वाह्य पर्यटकहरूको आवागमन भइरहेको छ । गणेश हिमाल, साञ्जेन हिमाल, पाल्दोरपिक जस्ता हिमाल तथा धार्मिक र पर्यटकीय स्थल पार्वतीकुण्डका कारण यहाँ दीगो पर्यटन व्यावसाय सञ्चालन गर्न सकिन्छ ।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आमाछोदिङ्मो गाउँपालिकाको कुल जनसङ्ख्या ६,६७३ रहेको छ भने यहाँ १,६६४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "पार्वतीकुण्ड गापाको नाम परिवर्तन", www.rasuwakhabar.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-११। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१३ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।