माछापुच्छ्रे गाउँपालिका
माछापुच्छ्रे गाउँपालिका कास्की जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्की जिल्लामा साविकका माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङघलेल गाउँ विकास समितिहरूलाई समेटेर माछापुच्छ्रे गाउँपालिका घोषणा गरिएको हो ।[३][४] माछापुच्छ्रे गाउँपालिकको कूल जनसङ्ख्या २१,८६८ रहेको थियो भने २०७८ को जनगणना अनुसार कूल जनसंख्या २२,८९८ रहेको छ ।[५]
माछापुच्छ्रे | |
---|---|
![]() माछापुच्छ्रे गाउँपालिकाका वडाहरू | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | कास्की जिल्ला |
स्थापना | २०७३ साल फाल्गुन २७ गते |
सरकार | |
• प्रकार | गाउँपालिका |
• प्रमुख | मीन बहादुर गुरुङ (नेपाली काँग्रेस) |
• अधिकृत | वेदहरि अधिकारी |
• उपप्रमुख | सीता अधिकारी (नेपाली काँग्रेस ) |
क्षेत्रफल | |
• जम्मा | ५४४.५८ किमी२ (२१०.२६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,८९८ |
• घनत्व | ४२/किमी२ (११०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६१ |
केन्द्र | साविकको लाहाचोक गाविसको कार्यालय |
भौगोलिक अवस्थितिसम्पादन
माछापुच्छ्रे गाउँपालिकाको क्षेत्रफल ५४४.५८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला, दक्षिणमा पोखरा लेखनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिकासम्म छ ।[६]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।