जुम्ला जिल्ला
जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ ।खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो । १२ औँ सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रूपमा पनि यो जिल्ला चिनिन्छ । यहाँ रैका राजवंश को एक शक्तिशाली राज्य मुकाम थियो । जुम्लाको रैका मल्ल राजाको राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो । यिनै ताम्रपत्रमा रैका/राईका आदेशलेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४औं सताब्दी पछि डोटी गयो । यहाँका रैका राजा डोटी बिस्थापित भए पछि यस जिल्ला क्षेत्रमा कल्याल राजाको आधिपत्य स्थापित भएको थियो । यस भेगका कल्याल शाही ठकुरीहरू रैका राजा पछि स्थापित जुम्ला कल्याल बलिराजाका सन्तान हुन् ।
जुम्ला जिल्ला |
---|
जिल्लाको नामकरणसम्पादन
परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए । यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ ।
भौगोलिक अवस्थितिसम्पादन
प्रमुख नदी र ताल तलैयाहरूसम्पादन
तिला, हिमा नदी, जुवा नदीहरू हुन् भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुरज्यू दह, गिडी दह आदि प्रमुख ताल र दहहरू हुन् ।
प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूसम्पादन
श्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, सुद्श्रीदद दरवार मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरामालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुरज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज खण्ड, सिंजाक्षेत्र, तातोपानी, गोठिचौर, बागबानि स्याउ तथा तरकारी फारम् , कणालि प्राबिधिक, हुड्के दह र पाण्डव गुफा यस जिल्लामा देखिएका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन्। सुनदरगाँउ मष्ठो मन्दिर बाबिरा मष्ठो मन्दिर भुरिचला माई नदैडाब मन्दिर तातोपानी धारा
व्यापारिक महत्त्वका स्थानहरूसम्पादन
यस जिल्लाको मुख्य व्यापारिक केन्द्र जुम्ला-खलङ्गा बजार हो भने अन्य केही साना व्यापारिक केन्द्रहरू यसप्रकार छन् :- तलिउम, तातोपानी, नाग्मा, नराकोट, हाटिसंजा, उर्थु चौतारा, डिल्लीचौर, चौथा, मणिसांघु