ओखलढुङ्गा जिल्ला
ओखलढुङ्गा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औँ स्थान र क्षेत्रफलको हिसावले ६८ औँ स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजार(सिद्धिचरण नगरपालिका)बाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ। युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। वि.सं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।शेर्पा जाति पनि धेरै छन्।शेर्पा जातिले यस ठाउँमा धेरै नै विकसित भएको छन।
ओखलढुङ्गा जिल्ला | |
![]() | |
अञ्चल: | सगरमाथा अञ्चल |
---|---|
प्रदेश: | प्रदेश नं. १ |
सदरमुकाम: | ओखलढुङ्गा बजार(सिद्धिचरण नगरपालिका) |
क्षेत्रफल: | १,०७४ वर्ग कि.मि. |
जनसङ्ख्या: | १,४७,९८४ (बिसं २०६८)[१] |
गाउँपालिका(हरू): | |
नगरपालिका(हरू): | १ सिद्धिचरण नगरपालिका |
प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या:२ | २ |
भौगोलिक अवस्थिति: | पहाड |
सबै भन्दा अग्लो स्थान: | लाम्जेडाँडा (३६२७ मिटर) पात्ले मिटर |
सबै भन्दा होचो स्थान : | मिटर |
प्रमुख जातिहरू: | क्षेत्री, बाहुन, राई, सुनुवार आदि |
प्रमुख भाषाहरू: | नेपाली भाषा, राई भाषा, सुनुवार भाषा आदि |
मानव विकास सूचकाङ्क: | (७५ जिल्लाहरू मध्ये) |
टेलिफोन कोड: | ०३७ |
प्रमुख जिल्ला अधिकारी: | |
वेबसाइट: | ddcokhaldhunga |
जाति, भाषा र सस्कृतिसम्पादन
मगर, सुनुवार , राई, लिम्बु, गुरुङ, तामाङ, शेर्पा, घर्ती, भुजेल, नेवार, क्षेत्री, बाहुन, कामी(विश्वकर्मा), दमाई(परियार), थापा आदि,
भाषासम्पादन
सुनुवार (कोँइच), राई, गुरुङ, शेर्पा, तामाङ, आदि
सस्कृतिसम्पादन
सुनुवार, राई, गुरुङ, शेर्पा, तामाङ आदि
जिल्लाको नामाकरणसम्पादन
ओखलढुङ्गा जिल्लाको नामाकरणका बारेमा निम्न धाराणाहरू रहेको पाइन्छ :
- महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा रहेको जनविश्वास छ।
- मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले किराँतहरूलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटी खाएकाले त्यही ढुंगाको ओखलको नामले यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने जनश्रुति पाइन्छ। उक्त ढुगाको ओखल हालको ओखलढुङ्गा जिल्ला अन्तर्गत ओखलढुङ्गा गाविस वडा नम्बर ६ मा सिध्दिचरण पार्कसँगै जो सुकैले अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ।
जिल्लाको इतिहाससम्पादन
प्राचिनकालमा यो क्षेत्रमा अभिरवंशी गोपालवंशी एवं किराँतवंशी राजाहरूले राज्य गरेको पाइन्छ। वल्लो किराँत भनिने यस क्षेत्रमा किराँतीलाई लखेटी मल्लहरूले शासन गरेको कुरा इतिहासमा उल्लेख छ। पृथ्वीनारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नम्बर ओखलढुङ्गाको नामले यस जिल्लाको जन्म भएको हो। विसं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बू, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।
भौगोलिक अवस्थितिसम्पादन
- अक्षांश: २७ डिग्री ६ देखि २७ डिग्री ३२ उत्तर
- देशान्तर: ८६ डिग्री १० देखि ८६ डिग्री ३२ पूर्व
- सिमाना: पूर्व-दुधकोशी नदी खोटाङ, पश्चिम-लिखू नदी रामेछाप, उत्तर-सोलुखुम्बु, दक्षिण-सुनकोशी नदी उदयपुर र सिन्धुली
- क्षेत्रफल: १,०७४ वर्ग किलोमिटर (१,०५,८६४ हेक्टर)
- उचाई: समुन्द्र सतहबाट ३९० मिटरदेखि ३,६२७ मिटर सम्म
- सबभन्दा होचोठाउँ: जोर्तीघाट, (३९० मिटर) थाक्ले
- सबभन्दा अग्लोठाउँ: लाम्जेडाँडा (३६२७ मिटर) पात्ले
- सदरमुकामको उचाई: १,८४९ मिटर
प्रशासनिक विभाजनसम्पादन
ओखलढुङ्गाको नयाँ प्रशासनिक विभाजन (गाउँपालिका तथा नगरपालिकाहरू)सम्पादन
सिद्धिचरण नगरपालिका, खिजीदेम्वा गाउँपालिका, चम्पादेवी गाउँपालिका, चिशंखुगढी गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका, मोलुङ गाउँपालिका, लिखु गाउँपालिका र सुनकोशी गाउँपालिका गरी ८ स्थानीय संरचना रहेको छ ।[२]
ओखलढुङ्गाको पुरानो प्रशासनिक विभाजन (गाविस तथा नगरपालिकाहरू)सम्पादन
उँवू, कटुञ्जे, कालिकादेवी, कुइभीर, कुन्तादेवी, केतुके, खिजी चण्डेश्वरी, खिजीफलाटे, गाम्नाङ्गटार, च्यानाम, जन्तरखानी, टारकेरावारी, टोक्सेल, ठूलाछाप, तलुवा, थाक्ले, दियाले, नर्मदेश्वर,पात्ले, प्राप्चा, पलापू, पोकली, पोखरे, फूलबारी, फेदीगुठ, बेतिनी, बाक्सा बरुणेश्वर, बर्नालू, बलखू, बिगुटार, भदौरे, भुसिंगा, मधावपुर, मानेभञ्ज्याङ, माम्खा, मोली, मूलखर्क, यसम, रगनी, रागाद्विप, रानीवन, रावादोलू, रातमाटे, रुम्जाटार, विलन्दू, सल्लेरी, ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका, सिस्नेरी, सिंहदेवी, सेर्ना, श्रीचउर, हर्कपुर
भौगोलिक विभाजनसम्पादन
डाँडाकाँडा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टारबेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ।
बेसी क्षेत्रसम्पादन
ओखलढुङ्गा जिल्लाको क्षेत्रफलको १५% अर्थात १६१ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने यस क्षेत्रमा कम उचाईमा रहेको नदी र खोला किनारका भू-भागहरू पर्दछन। यस क्षेत्रमा मानिसहरूको मुख्य पेशा कृषि भएता पनि फलफूल खेती तरकारी खेती पशुपालन माछा मार्ने आदि काम पनि यस क्षेत्रका मानिसहरूले गर्दछन।
मध्य पहाडी क्षेत्रसम्पादन
मध्य पहाडी क्षेत्रले जिल्लाको कुल क्षेत्रफलको ६५% अर्थात ६९८ वर्ग किलोमिटर क्षेत्रफल भू-भाग ओगटेको छ। सदरमुकाम ओखलढुङ्गाका साथै रुम्जाटार पनि यसै क्षेत्रमा पर्दछ। यस क्षेत्रमा धान, मकै, गहुँ, कोदो, फापर, तोरी, तरकारी, फलफूल खेती, पशुपालन आदि गरिन्छ।
लेकाली क्षेत्रसम्पादन
जिल्ला कुल क्षेत्रफलको २०% अर्थात २१५ वर्ग किलोमिटर क्षेत्रफल ओगटने यस क्षेत्रमा पातलो बस्ती पाइन्छ। यहाँको अधिकांश भू-भाग भिरालो र चट्टानले भरिएको छ। यस क्षेत्रमा पातलो मकै, आलु, जौ, गहुँ, उवा, स्याउ आदिको खेती गरिनुका साथै भेडा र चौंरी पालनको कार्य समेत गरेको पाइन्छ।
जल सम्पदासम्पादन
प्रमुख नदीनालाहरूसम्पादन
दूधकोशी नदी, सुनकोशी नदी, लिखु (लिकु) नदी, बुकु खोला, भुसुने खोला, पेलु खोला, चोकती खोला, साल्पुखोला, मोलुङ्गखोला, ठोटनेखोला, सिस्नेखोला, सेर्नाखोला, बाङ्गेखोला, खानीखोला, ढाँडखोला, पङ्खुखोला, लिपेखोला, साल्पूखोला, डुँडेखोला, जुंगेखोला, चोक्टीमङ्गलाखोला, अँधेरीखोला, पातालेखोला, सेप्लीखोला, खार्तेखोला ,झगरपुरखोला आदि।
खिजी थोलेदेमबासम्पादन
खिजी चन्डेश्वरी गा. बि. स. फलाटे गा. बि. स., काती गा. बि. स. हरूमा पर्ने थोलेदेमबा पिक ३४४० उचैम रहेको रमणीय पिक् विभिन्न क्षेत्रबाट घुम्न आउने बिदेशिहरू पनि एस क्षेत्रमा महत्त्व दिदै आएका छन् ।
झरनासम्पादन
पोकली झरना (१३१ मिटर), रातमाटे झरना (१११मिटर), प्रमुख रूपमा रहेका छन। अन्य झरनाहरूमा सेप्ली, ढिकुरे, सेर्ना, सेलेले, न्याउले आदि पर्दछन।
प्रमुख धार्मिक क्षेत्रहरूसम्पादन
ओखलढुङ्गा जिल्लाको विलन्दू गाविस वडा नम्बर ९मा रहेको ककनी (श्री चम्पादेवी)को मन्दिर, चिसङ्खु गढीमा रहेको कोटकी कालिकादेवीको मन्दिर, रावादोलु को छरछरे झरना महादेव (जहाँ तातो पानी बग्छ र माघे सक्रान्तिको दिन भब्य मेला लाग्छ), भुसिंगा को किल्खोर्दिंग गुम्बा, खिजिकाती को गुफा, शेर्पिनीले मुतेको ढुंगा सल्लेरीगाविसको लगलगेमा रहेको ककनीस्थान, दियालेमा रहेको जोगेश्वर महादेव मन्दिर, मोलीको तीनकन्या देवीको मन्दिर, पोखरे गाविस वडा नम्बर १ मा रहेको पोखरा देवीको मन्दिर, दियालेगाविसमा रहेको भैरवस्थान, कुइभीर गाविस वडा नम्बर ५ मा रहेको सिंहदेवीको मन्दिर, नर्मदेश्वर महादेवको मन्दिर, कुइभीर गाविसको ठूलीवंशीमा रहेको महादेवको मन्दिर र खोदम्पाका कुन्तादेवीको मन्दिर, सरस्वतीस्थान, बर्नालू गाविस वडा नम्बर ९ मा रहेको सपनावती देवीको मन्दिर, ओखलढुङ्गा बजारमा रहेको रघुविरेश्वर महादेव मन्दिर, सरस्वतीस्थान, कालिकादेवी, जाल्पादेवी, भिमसेनस्थान, वटुक भैरव, गणेश मन्दिर वरूणेश्वर गा.वि.स. मा रहेको कालिकादेवि मन्दिर, माहादेव स्थान, कुन्तादेवि गाविस मा रहेको कुन्तादेवि र जलजलेश्वर माहादेवको मन्दिर आदि यस जिल्लाका प्रमुख धार्मिक क्षेत्रहरू हुन।
व्यापारिक महत्त्वका स्थानहरूसम्पादन
यस जिल्लाको सवैभन्दा ठूलो व्यापारिक महत्त्वको स्थान सदरमुकाम ओखलढुङ्गा बजार नै हो। यहाँ बुधबार र शनिवार गरी हप्ताको दुई पटक बजार लाग्ने गर्दछ। व्यापारिक दृष्टिले शनिवारको बजारले विशेष स्थान ओगट्दछ। बुधवार लाग्ने बजार शनिवारको तुलनामा निकै कम लाग्ने गरेको पाइन्छ। केत्तुके र मानेभञ्ज्याङ यस जिल्लाका व्यापारिक दृष्टिले निकै महत्त्वपूर्ण स्थानको रूपमा रहेका छन। केत्तुकेमा मंगलबार र मानेभञ्ज्याङमा बिहिवार साप्ताहिक रूपमा वजार लाग्ने गर्दछ।
प्रभावसम्पादन
तिम्रै सुन्दर हरियालीमा,
तिम्रै शीतल वक्षस्थलमा,
यो कविको शैशवकाल बित्यो,
हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो,
मेरो प्यारो ओखलढुङ्गा,
मेरो प्यारो ओखलढुङ्गा,
कवि सिद्धिचरण श्रेष्ठले आफ्नो प्रसिद्ध कविता "मेरो प्यारो ओखलढुङ्गा" मा यहि जिल्लाको नामबाट श्रृजना गरेका हुन । यो कवितालाई नारायण गोपालले सुमधुर स्वरले गाउनुभएको छ | साहित्यकार एवम समाज शास्त्रि डा कविताराम श्रेष्ठ ले कवि सिद्धिचरण श्रेष्ठ कै पदचिन्हमा "मेरो प्यारो ओखलढुङ्गा" नामक संस्मारणात्मक निबन्ध सङ्ग्रह लेखेका छन् । ओखलढुङ्गा सामाजिक गुठि काठ्मान्डुद्वारा प्रकाशित यस पुस्तकले जिल्लाका भौगोलिक, सामाजिक, सान्स्क्रितिक, राजनीतिक, र साहित्यिक गतिविधिका साथै २०५८ सालमा ओखलढुङ्गा जिविस र ओखलढुङ्गा सामाजिक गुठि काठ्मान्डुद्वारा आयोजित "आफ्नो जन्म थलो सम्झौ अभियानको सविस्तार वर्णन गरेको छ।
परिचित व्यक्तित्वसम्पादन
- युगकवि सिद्धिचरण श्रेष्ठ
- कप्तान यज्ञबहादुर थापा, पञ्चायतकालका सहिद
- अनुराधा कोइराला
- रूक्माङ्गद कटवाल
- अगनसिंह राई, भिक्टोरिया क्रस विजेता
- बलराम चैनराई, पोर्टस्माउथ क्लबका मालिक[३]
- लीलानाथ दाहाल, पञ्चायतकालका सहिद
- ठगीनाथ दाहाल, पञ्चायतकालका सहिद
- खगेन्द्र राज दाहाल, पञ्चायतकालका सहिद
- गोकर्ण बहादुर कार्की, पञ्चायतकालका सहिद[४]
- बुद्धि नारायण श्रेष्ठ, सीमाविद् ।