वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मुक्तिनाथ, झोङ, छुसाङकागवेनी गाउँ विकास समितिहरूलाई समेटेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका घोषणा गरिएको हो ।[३][४] बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको क्षेत्रफल ८८६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २,३३० रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा दालोमे गाउँपालिकामनाङ जिल्ला, पश्चिममा डोल्पाम्याग्दी जिल्ला, उत्तरमा दालोमे गाउँपालिका, दक्षिणमा घरपझोङ, थासाङ गाउँपालिकामनाङ जिल्लासम्म छ ।[५]

वारागुङ मुक्तिक्षेत्र
मुस्ताङको मुक्तिनाथ गाउँ र धौलागिरी हिमालको दृश्य
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा विभाजनको अवस्थिति
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षरिङजिन नामगेल गुरुङ नेकपा (एमाले)
 • उपाध्यक्षदिकी गुरुङ ( नेकपा (एमाले))
 • प्रमुख प्रशासकीय अधिकृतहोमबहादुर थापा मगर
क्षेत्रफल
 • जम्मा८८६ किमी (३४२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,३३०
 • घनत्व२.६/किमी (६.८/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविकको कागवेनी गाविसको कार्यालय
वेबसाइटvaragungmuktichhetramun.gov.np

चित्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्