क्व्होलासोथार गाउँपालिका

लमजुङ जिल्लाका गाउँपालिका हो

क्व्होलासोथार गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका बाग्लुङपानीको १,२,५,६ वडाहरू, मालिङ, उत्तरकन्या, भुजुङ, पसगाउँ, भोजेगिलुङ गाउँ विकास समितिहरूलाई समेटेर क्व्होलासोथार गाउँपालिका घोषणा गरिएको थियो।[३][४]

क्व्होलासोथार
क्व्होलासोथार गाउँपालिकाको वडा विभाजनको अवस्थिति
क्व्होलासोथार गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लालमजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षप्रेमबहादुर घले (एमाले)
 • उपाध्यक्षकुमारी मुनी गुरुङ (एमाले)
 • कार्यकारीदीपेन्द्र दाहाल
क्षेत्रफल
 • जम्मा१७५.३५ किमी (६७.७० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,०३२
 • घनत्व५७/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५२
केन्द्रसाविकको मालिङ गाविसको कार्यालय

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

क्व्होलासोथार गाउँपालिकाको क्षेत्रफल १७५.३७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १०,०३२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा बेसीसहर नगरपालिकामर्स्याङ्दी गाउँपालिका, पश्चिममा कास्की जिल्ला, उत्तरमा कास्की जिल्लामर्स्याङ्दी गाउँपालिका र दक्षिणमा मध्यनेपालबेसीसहर नगरपालिका रहेका छन् ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्