खिजीदेम्वा गाउँपालिका
खिजीदेम्वा गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका रगनी, खिजीचण्डेश्वरी, खिजीकाती, खिजीफलाटे, पोकली-९, रावादोलु, पात्ले (३-६) र भुसिङ्गा गाविसहरू यसमा गाभिएका थिए। गाउँपालिकाको सिमाना पूर्वमा मोलुङ गाउँपालिका र सोलुखुम्बु जिल्ला, पश्चिममा रामेछाप जिल्ला, उत्तरमा सोलुखुम्बु जिल्ला र दक्षिणमा लिखु र मोलुङ गाउँपालिका रहेको छ।[४] यस गाउँपालिकाको क्षेत्रफल १७९.७७ वर्ग किलोमिटर रहेको छ ।[३] यस गाउँपालिकाको मुख्य कार्यालय ५ नम्म्बर वडाको खिजिफलाटे भन्ने ठाउँमा रहेको छ । यस गाउँपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ।[५]
खिजीदेम्वा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / २७.४३°N ८६.३७°Eनिर्देशाङ्कहरू: २७°२६′N ८६°२२′E / २७.४३°N ८६.३७°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ओखलढुङ्गा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | गम्बु शेर्पा (जनता समाजवादी पार्टी, नेपाल) |
• उपाध्यक्ष | सुशिला तामाङ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १७९.७७ किमी२ (६९.४१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,५५९ |
• घनत्व | ८७/किमी२ (२२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खिजीदेम्वा गाउँपालिकाको कुल जनसङ्ख्या १५,५५९ रहेको छ भने यहाँ ३,४३८ घरधुरी रहेका छन्।[२] यहाँ क्षेत्री, ब्राह्मण, तामाङ, नेवार, शेर्पा, सुनुवार आदि जातजातिहरूको बाहुल्यता रहेको छ ।[६] यस क्षेत्रमा अन्य ३५ भन्दा वढी जातजातिको वसोवास गर्दछन्। यस क्षेत्रमा बोलिने मुख्य भाषाहरूमा नेपाली, शेर्पा र सुनुवार पर्दछन्। अन्य २५ भन्दा बढी भाषाहरु बोल्ने मानिसहरु यस क्षेत्रमा रहेको छन् । हिन्दु र बौद्ध यहाँको मुख्यधर्म हो । इस्लाम, किराँत, जैन, इसाई, बोन र प्रकृति धर्म मान्ने जनसङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको छ।[७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाइनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- जिल्ला विकास समितिको कार्यालय, ओखलढुङ्गा वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-१८ मिति