माथागढी गाउँपालिका
माथागढी गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चिदीपानी, रुप्से, कसेनी, झडेवा, गेठादी, रहवास र बहादुरपुर गाविसहरू यसमा गाभिएका थिए।
माथागढी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / २७.७७०१११°N ८३.९२३७९६°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | पाल्पा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | यमबहादुर चिदी (नेकपा (एमाले)) |
• उपाध्यक्ष | विष्णुमाया लुङचे (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | २१५.४९ किमी२ (८३.२० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,०५३ |
• घनत्व | ११०/किमी२ (२९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७५ |
केन्द्र | साविकको झडेवा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माथागढी गाउँपालिकाको कुल जनसङ्ख्या २४,०५३ रहेको छ भने यहाँ ५,८२३ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्माथागढी गाउँपालिकाको क्षेत्रफल २१५.५९ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा पूर्वखोला र निस्दी गाउँपालिका, पश्चिममा तिनाउ गाउँपालिका, उत्तरमा रम्भा, पूर्वखोला र बगनासकाली गाउँपालिका तथा दक्षिणमा नवलपरासी र रुपन्देही जिल्ला रहेका छन्। [४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।