नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने लालझाडी गाउँपालिका नेपाल सरकारको मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । जिल्लाको पूर्वी भेगमा अवस्थित यो गाउँपालिका साविक शंकरपुरका पूरै (१–९) वडाहरू, साविक बाइसी बिचवाका (१–४) वडाहरू र साविक देखतभुलीका (१–३, ५–७ र ८) वडाहरू समायोजन भइ गठन भएको एक गाउँपालिका हो । यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि ४६ किलोमिटर टाढा पूर्व तर्फ रहेको यस गाउँपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्त्व र विशेषता रहेको छ । यस गाउँपालिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइँसराई गरी आएका विविध जातजाती, धर्म र बर्णका मानिसहरूको मिश्रित बसोवास रहेको छ । यो गाउँपालिका र कृष्णपुर नगरपालिकाको बीचमा रहेको लालझाडी जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो ।[१]

लालझाडी
लालझाडी
लालझाडी
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
स्थापना२०७३ फाल्गुन २२
सरकार
 • अध्यक्षमदन सेन बडायक
 • उपाध्यक्षसत्य देवी महरा
क्षेत्रफल
 • जम्मा१५४.६५ किमी (५९.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,५६९
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९
वेबसाइटlaljhadimun.gov.np

कञ्चनपुर जिल्लाको पूर्वी भेगमा अवस्थित १५४.६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लालझाडी गाउँपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस गाउँपालिकाको पूर्वमा कृष्णपुरपुनर्वास नगरपालिका, पश्चिममा शुक्लाफाँटाबेलौरी नगरपालिका, उत्तरमा शुक्लाफाँटाकृष्णपुर नगरपालिका र दक्षिणमा बेलौरीपुनर्वास नगरपालिका रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "दुर्गमको गाउँपालिका भएकाले समस्या नै समस्याले जेलिएको छ : लालझाडी गाउँपालिका अध्यक्ष बडायक", थाहा संवाददाता, २२ जेठ २०७५, अन्तिम पहुँच ३ वैशाख २०७७ 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्