दैलेख जिल्ला
दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य-पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका बिचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौँबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ। ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर शिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्लाभित्र लोहोरे छामघाट खोला शिरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वरजस्ता पानीमाथि दीप ज्वाला बल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भौगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ। यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन्। प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनी रहेको छ। विभिन्न मठ, मन्दिर, पर्यटकीय तीर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तीब्र रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन्। जिल्लाको लकान्द्रा गा.वि.स.को जौचौरको पहिरोमा तामा र फलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ। त्यस्तै कालीकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानीय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुङ्गाको उत्खनन तथा प्रशोधन भइरहेको छ। यसैगरी दैलेखमा चुनढुङ्गा र अभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाइ रहेको छ। जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाह्य जिल्लामा समेत निर्यात गरिन्छ। दैलेखका शिरस्थान, नाभिस्थान, पादुका लगायत क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बलिरहेको छ। धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रूपमा परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उल्यख्य उपस्थिति हुँदै आएको छ। मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटकहरू दैलेखको पञ्चकोशी क्षेत्रमा पुगेर फर्कने गरेका छन्। अब यस क्षेत्रमा मिथेन ग्यास उत्खनन प्रारम्भ हुँदैछ।[२]
दैलेख जिल्ला |
---|
इतिहास
नामाकरण
भौगोलिक अवस्थिति
भूगोल
राजनीतिक हिसावले यस जिल्लालाई ७ वटा गाउँपालिका ४ वटा नगरपालिका, २ निर्वाचन क्षेत्र र ११ वटा इलाकाहरूमा विभाजित गरिएको छ:- [३] नदी तटदेखि हिमालयसम्म फैलिएको यहांको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ:[३]
- नदी निर्मित तट (५४४–१०००मि.),
- मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
- महाभारत शृङ्खला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)
यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन। मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसङ्ख्या एवम् बस्ती केन्द्रित छ। [३]
प्रशासनिक विभाजन
२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दैलेख जिल्लामा जम्मा ६० वटा गा.वि.स.हरू थिए। हाल बनेको नयाँ नेपालको ढाँचा अनुसार दैलेख जिल्लाका साविकका विभिन्न गाविसहरू तथा नगरपालिकाहरूलाई जोडेर यस जिल्लामा ४ नगरपालिकाहरू र ७ वटा गाउँपालिकाहरू गरी जम्मा ११ वटा स्थानीय तहहरू बनाइएका छन्।
पर्यटन
दैलेख जिल्लामा रहेका सम्पदाहरूको सूची
दैलेख जिल्लाको विभिन्न ठाउँहरूमा ऐतिहासिक मूर्त सम्पदाहरू छरिएर रहेका छन्। हालसम्म जानकारी हुन सकेका मूर्त ऐतिहासिक सम्पदाहरूको विवरण निम्नप्रकार रहेका छन्।[४]
क्र.सं. | विवरण | क्षेत्र नं. १ | क्षेत्र नं. २ | जम्मा सङ्ख्या |
---|---|---|---|---|
१ | अभिलेख स्तम्भ तथा वीरखम्बाहरू | ९ | ५५ | ६४ |
२ | अभिलेखहरू | ५ | ६१ | ६६ |
३ | मठ मन्दिरहरू | ६ | १४ | २० |
४ | देवलहरू | ७४ | ३६ | ११० |
५ | गढी, दरबार तथा पौवाहरू | २ | ५ | ७ |
६ | धारा तथा नाउलीहरू | ६ | ६ | १२ |
कुल जम्मा | १०२ | ११७ | २७९ |
अर्थतन्त्र
पर्यटन विकासकालागि पूर्वाधार निर्माण र प्राकृतिक सम्पदाको संरक्षण
मानव सभ्यताको विकाससँगै निर्माण भएका धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका पुरातात्विक सम्पदा तथा प्राकृतिक रूपमा नै विशिष्ट स्थान र महत्त्वकारूपमा रहेका सम्पदाको संख्या नेपालमा धेरै छन्। त्यसमा पनि दैलेख जिल्ला त्यस्तो विशिष्टस्थान कायम गरेको जिल्ला हो, जहाँ धार्मिक सांस्कृतिक र ऐतिहासिक रूपमा भिन्नै खालको पहिचान दिन सक्ने निरन्तर बलिरहने ज्वालाहरूको क्षेत्र, खस सभ्यताले सृजना गरेका पुरातात्विक र ऐतिहासिक धरोहरहरू भएको क्षेत्र हो। यस क्षेत्रका नागरिकको बढ्दो क्रयशक्ति, विविधताभित्र रमाउने चाहना, राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक रूपान्तरण उन्मुख वर्तमान समाज विशेषको कारणले दैलेखमा पर्यटकीय सम्भावना प्रचुरमात्रामा रहेको छ। यसमा मात्र आवश्यकता रहेको छ- गुणस्तरीय पूर्वाधार निर्माण र दृढ पहलकदमीको।[स्रोत नखुलेको] नागरिकको बढ्दो आवश्यकता र माग परिपूर्तिका लागि सार्वजनिक निकायहरूबाट वस्तु र सेवा प्रवाह गरेजस्तै पर्यटन विकासकालागि पूर्वाधार निर्माण यसको संरक्षण र प्राकृतिक संपदाको संरक्षण तथा प्रचार प्रसारको आवश्यक पर्दछ।[स्रोत नखुलेको]
दैलेख जिल्लामा उद्गम भएका विभिन्न जातिहरू
दैलेख जिल्लालाई विभिन्न जातजातिहरूको उद्गमस्थलको रूपमा पनि लिन सकिन्छ किन भने यो जिल्लाका विभिन्न स्थलहरू जस्तै:-
- दुल्लूबाट दुलाल
- बासीबाट बस्याल
- बडबाट बराल(बडाल)
- लम्जीबाट लम्जेल
- नेपाबाट नेपाल
- लामीछानीबाट लामिछाने
- लयाँटीबाट लुईँटेल
- भुर्तीबाट भुर्तेल
- दवडाबाट दवाडी
- पराजुलबाट पराजुली
- दहबाट दाहाल
- कट्टीबाट कट्टेल
- रिजुबाट रिजाल
- हुमेगाउँबाट हुमागाई
- लम्सुबाट लम्साल
इत्यादि ठाउँहरूबाट माथि उल्लेखित जातिहरूको उद्गम भएको मानिन्छ। माथि उल्लेखित जातिहरू संसारको जुन सुकै कुनामा बसे पनि आफ्नो उद्गम स्थानको रूपमा दैलेख जिल्लालाई चिन्दछन्।[स्रोत नखुलेको]
दैलेख जिल्लाका पर्यटकीय स्थानहरू
दैलेख भौगोलिक दृष्टिले पहाडी जिल्ला भएकाले यहाँ थुप्रै पर्यटकीय क्षेत्रहरू रहेका छन् । नेपालकै प्रमुख मानिने पंचकोशी तीर्थस्थल यसै जिल्लामा अवस्थित छ। नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लुस्थित कृतिखम्मका साथै वैज्ञानिकहरूका अनुसार मृत ज्वालामुखि मानिएको धुलेश्वर यसै जिल्लामा अवस्थित छ। साथै नेपालकै चर्चित मानिएको पेट्रोल, ग्याँस तथा मट्टितेलको खानी पनि यसै जिल्ला मिल्न सक्ने सम्भावना छ।
दैलेख जिल्लाका संपदा तथा प्रमुख जडीबुटीहरू
विश्वकै दुर्लभ मानिएको समी र रुद्राक्षको रुखहरू पनि यसै जिल्लामा पाइन्छ । त्यस्तै यो जिल्लालाई काफल, चुत्रो, ऐँसेलु, रातो गुराँस, सेतो गुराँस, सुनगाभा, रक्तचन्दन, टिमुर, हतपसारो, काउलो, पाषाणभेद, अल्लो सल्ला, देवदारू, पाँगर, साल, साज, सिसौ, खयर सतुवा, असुरो
प्राकृतिक सम्पदाहरू
- मदानताल (विशाला)
- नाके गुफा (विशाला)
- रामगाड
- भुतगाड
- कर्णाली नदी
- लोहोरे खोला
- छामगाड खोला
- पादुका खोला
- द्वारी झरना
- खरिगैरा झरना
- लाँकुरी झरना
- कुशापानी झरना
- खुनगाड खोला
- कानेगाड खोला
- शिखरद्वारी (घोडादाउनी)
धार्मिक सम्पदा तथा मठ मन्दिरहरू
दैलेख जिल्ला देवताहरूको वासस्थान भएकाले यहाँ थुप्रै धार्मिक सम्पदाहरू रहेका छन्। यहाँका केही धार्मिक सम्पदाहरू यसप्रकार रहेका छन्।
- भुवान थान
- पञ्चकोशी
- शिरस्थान
- नाभिस्थान
- पादुकास्थान
- धुलेश्वर
- डुंगेश्वर
- कोटिलास्थान
- तोलिपाटा मालिका
- विन्द्रासैनी मन्दिर
- तियाडी थान नेपा
- धर्मगद्दी दुल्लु
- बालेश्वर दुल्लु
- विलासपुर मन्दिर
- नारायण मन्दिर
- बालेश्वर मन्दिर
- वटुकभैरव मन्दिर
- दुल्लु कालिका मन्दिर
- विनध्यवासिनी मन्दिर
- भैरवी
- बुकि माईको थान
ऐतिहासिक सम्पदा देवल तथा वीरखम्बा अभिलेखहरू
हुनत नुवाकोटदेखि भारतको गढवालसम्मको भु-भागमा विभिन्न ठाउँहरूमा प्राचीनकालमा देवलहरू निर्माण गरिएका छन्। तर सबैभन्दा बढी संख्यामा देवलहरू दैलेख जिल्लामा निर्माण गरिका छन्। स्थानीय जनविश्वास अनुसार महाभारत कालका पात्र पाण्डवहरूद्वारा निर्माण गरिएका भनिने यी देवलहरू किन र कुन प्रयोजनको लागि निर्माण गरिएका हुन् भन्ने आजसम्म कुनै ठोस प्रमाणहरू जुट्न सकेका छैनन्। दैलेख जिल्लाको विभिन्न क्षेत्रमा छरिएर रहेका देवलहरू र अन्य सम्पदाहरू यसप्रकार रहेका छन्।
- देवलहरू
- भूर्तिमा रहेका २२ देवलहरू
- रावतकोटमा रहेका देवलहरू
- रानीवनमा रहेका देवलहरू
- किमुगाउँका देवलहरू
- किमुगाउँको एकल देवल
- कुइकानाका पञ्चदेवल
- कुइकानाका जोडा देवल
- भूर्तीका पञ्च देवल
- दुल्लु पटाङ्गनीका जोडा देवल
- दुल्लु उपरीचैत्य धाराको मुढे देवल
- रावतकोटका पञ्चदेवल
- लम्जीका पञ्चदेवल
- गढी तथा पौवाहरू
- प्राचिन दुल्लुकोट
- दैलेख बजारको कोतगडी
- प्राचिन दुल्लु दरबार
- दुल्लु गढी
- बाइसे राज्यकालको दुल्लु दरबार
- काजी जसपाउथापाको ऐतिहासिक पौवा
- वीरखम्बा तथा अभिलेख सथम्भहरू
- कीर्तिस्तम्भ
- दामुपालको शिलालेख
- साउना कार्की र सउका कर्क्यानीको देवल
- दुल्लु गढीको अभिलेस्तम्भ
- सातखम्ब गमौडी
- दुल्लु किर्तिखम्ब नजिक रहेका वीरखम्बाहरू
- दुल्लु गैरीपिपलको डाँडामा रहेका वीरखम्बाहरू
- दुल्लु पौवा मार्गमा रहेको ठुलो स्तम्भ
- दुल्लु गैरीपिपलको सडकमा रहेका वीरखम्बाहरू
- दुल्लु पौवा मार्गमा रहेको सानो स्तम्भ
- चक्रताको वीरखम्बा
- डाँडीमाडीका बाह्रखम्बाहरू
- छिउडी पुसाकोटको वीरखम्बा
- दैलेख बजारका चारखम्बाहरू
- सात्तलाका वीरखम्बाहरू
- जम्बुकाँदका वीरखम्बाहरू
- दैलेख बजारका दुइखम्बाहरू
- जारकोटको वीरखम्बा
- खम्मगाडेको वीरखम्बा
- रावतकोटको वीरखम्बा
- पिपलकोटको वीरखम्बा
- धारा तथा नाउलीहरू
- भूर्तीको ढुङ्गेधारो
- खुर्सानीबरीको ढुङ्गेधारो
- पाथरनाउली
- कपुरनाउली
- कल्याणधारा
- गोमती धारा
- रानबाडा धारा
- रूपसे धारा
- सिंहासैनको ढुङ्गेधारा
- तिलेपाटा ढुङ्गेधारा
- पिपलकोट ढुङ्गेधारा
- बाणगंगा बडलम्जी[स्रोत नखुलेको]
यसका साथै छालाको लागि प्रख्यात भनेर चिनिने दैलेख जिल्लाको अधिकांश भूभाग जङ्गल क्षेत्रमा पर्दछ यहाँका जंगलमा बाघ, भालु, स्याल, चितुवा, दुम्सी, लोखर्के, खरायो, मलसाँप्रो, फ्याउरो, रतुवा, बँदेल, बाँदर, घोरल, कस्तूरी मृग, थारल, सर्प आदि जंगली जनावरका साथै कालिज, लोइचे, परेवा, ढुकुर, भँगेरा, काग, कोइली, चिल, गौँथली जस्ता हजारौं जंगली चराहरू पाइन्छन्। सम्बन्धित निकायले यि जनावरहरूको संरक्षरमा जोड दिएमा दैलेख जिल्लामा पर्यटन विकासको सम्भावना प्रवल रहेको छ।[स्रोत नखुलेको]
जनसङ्ख्या
यो जिल्लाको प्रमुख भाषाहरू नेपाली(९८.९८५), गुरुङ्ग/मगर (०.४६५) र अन्य (०.५६५) हुन्। धार्मिक रूपमा यो जिल्लामा हिन्दू धर्म(९८.३२५), बौद्ध धर्म (१.४५५), इस्लाम धर्म(०.०८५), अन्य (०.१५५) धर्मावलम्बी छन्। दैलेख जिल्लावासीहरू व्यापार व्यवसाय र नोकरी पेशा गरे पनि अधिकतम् कृषि पेसा अपनाउछन्। यो जिल्लाका कृषकहरू मुख्य रूपले पशुपालनमा भैंसीपालन, गाईपालन, बाख्रापालन कुखुरापालन, मौरी पालन, बंगुरपालन, तथा खेती पातीमा मकै, धान, गहूँ, जौ, कोदो, उवा, फापर जस्ता अन्नबालीको खेती गर्दछन् भने आलु, पिँडालु, फर्सी, काँक्रो, भंटा, काउली, मुला, गोल भेंडा जस्ता तरकारी खेतीका साथै अलैंची, अदुवा, उखु, बेसार, लसुन, प्याज, धनियाँ, तोरी, खुर्सानी आदि नगदेबालीको खेती गर्दछन्। फलफूल खेतीमा दैलेख जिल्लामा स्याउ, नास्पती, आरु, ओखर, सुन्तला, केरा आदि फलफूलको खेती गरिन्छ। यसका साथै यहाँका कृषकहरू मास, मुसुरो, सिमी, भटमास, चना, केराउजस्ता दालको खेती गर्दछन्।[स्रोत नखुलेको]
संस्कृति
दैलेख जिल्लामा थरीथरीका जात जातिका मान्छेहरूको बसोवास रहेका करणले यहाँको संस्कृतिमा धेरै भिन्नता पाइन्छ। यो जिल्लामा मनाइने प्रमुख चाडपर्वहरूमा देउडा नाच, मारूनी नाच बैसेरी नाच, हुड्केउली नाच, फुर्का नाच आदिको सुन्दर झलक देख्न पाइन्छ। दैलेख नेपालका धेरै जातजाति र भाषाभाषीहरूको उद्गमस्थल पनि हो। दैलेखले सबैलाई आफ्नो मौलिक परिचय दिएको छ र विशिष्ट संस्कार अनि संस्कृति दिएको छ। दैलेखले पौरख सिकाएको छ र हाँसीहाँसी लडेर मर्न सिकाएको छ। त्यसैले दैलेखलाई धर्म, संस्कृति र वीरताको सङ्गम पनि भनिन्छ । [४] मानिसको जन्मदेखि मृत्युसम्मका सबै अवसरहरूमा, स्थानीय चाडपर्वहरूमा, मन्दिर तथा देवस्थलहरूमा, राम रमाइलोमा, युद्धको मैदानमा, विजयको उन्माद र पराजयको पीडामा, दुःख सुखमा, वनपाखा तथा मेलापात जस्ता सबै अवसरहरूमा अलगअलग प्रकारका गीत, बाजा, तथा लय र सङ्गीतको सिर्जना गरेको छ दैलेखले। इतिहासको कालखण्डमा निकै लामो फड्को मारिसकेको भए तापनि दैलेखमा गुञ्जने गीत र लोक लयले अझै पनि दैलेख जिल्लाको इतिहासको कथा व्यथालाई गीतमालामा उनेर गुनगुनउँदै आइरहेको छ। आफ्नो जीवन्त ऐतिहासिकतालाई सार्थक तुल्याउदै आधुनिकताको मार्गमा अघि बढिरहेको छ। दैलेख जिल्लाको पूर्व, पश्चिम, उत्तर, दक्षिण, लेक, बेँसीमा अलग अलग रूपमा लोक प्रचलनमा रहेका अमूर्त सांस्कृतिक सम्पदाहरूको सूची लामो छ।[४] पञ्चे बाजा, हुडके नाच, देउडा, धमारी, रत्यौली, चैत, भारतजस्ता सम्पदाहरू दुल्लुक्षेत्र र दैलेख जिल्लाको उत्तरी भेगमा बढी प्रचलनमा रहेको पाइन्छ। त्यसैगरी रहरे बैंसारी, गुरु बैंसारी, सरौं, मारुनी, गर्राजस्ता सम्पदाहरू दैलेखको पूर्वी र दक्षिणी भेगमा बढी प्रचलनमा रहेको पाइन्छ। [४] वि. स. १८४८ कार्तिकमा बिलासपुर राज्य एकीकरण भएको थियो र नेपाल एकीकरणपश्चात् दैलेखको तात्कालिक सामाजिक परिवेशमा पनि ठूलो परिवर्तन भएको देखिन्छ। बहादुर शाहाको पश्चिम विजय अभियान अन्तर्गत् विलासपुर राज्य एकीकरण भएपश्चात् गोर्खाली सेनाका विभिन्न पदिक, अधिकारी तथा अन्य कर्मचारीहरू दैलेखमै स्थायी बसोवास गर्न थालेका थिए। यसै सिलसिलामा हालको बज्रभैरव मन्दिरदेखि बटुक भैरव मन्दिरसम्मको क्षेत्रमा सुनारहरू, बटुक भैरव मन्दिरदेखि नारायण मन्दिरसम्मको क्षेत्रमा नेवारहरू, नारायणमन्दिरबाट पुरानो कारागारसम्म र कोतगढिको पूर्वी भागमा दमाईहरू, पुरानो कारागारदेखि भगवती मन्दिरसम्मको भागमा कसाईहरू, भगवती मन्दिरदेखि माथिको डाँडा(बारुदथान गडि) क्षेत्रमा कामी, भगवती मन्दिरदेखि पश्चिमको भागमा ढाँग्रे(गन्धर्व) समुदायको बसोवास गराइएको थियो। बज्रभैरव मन्दिरदेखि उत्तरतिर हालको अदालतदेखि टुडिखेल धाराको भूभाग बादी समुदाय, टुडिखेल धारादेखि पश्चिम–हालको कुसाडा गाँउमा चुरट्टाहरूको बसोबास गराइएको थियो। यसरी यहाँ बसोबास गर्नेहरूमा कास्की, स्याङजा, बागलुङ, तनहुँलगाएतका गण्डक क्षेत्रबाट आएको देखिन्छ। तसर्थ संस्कृतिमा विविधता पाइन्छ। मानिसहरूको बसाइँसराइको क्रमसँगै कला, संस्कृतिहरू पनि परिस्कृृत हुँदै आयो। उनीहरूका चाडपर्वहरू पनि बिस्तारै स्थापित हुँदै गयो। आआफ्ना रीतिरिवाज परम्पराअनुरुप मनाउँदै आएको चाडपर्व, रीतितिथि पनि स्थापित हुँदै गयो। त्यसै चाडपर्वहरू मध्य सबैभन्दा लामो समय चल्ने र लोकप्रिय मेला हो वर्षे मेला। खस मल्ल साम्राज्यकालमा प्रचलित राउटे नाच, हुड्के, ख्याली, पञ्चेबाजा, ढालकी, मयूर, मारुनी, सोरठी, लहरे पैसरीजस्ता संस्कृतिहरू हालसम्म पनि समाजमा संरक्षित रहेका छन्। दैलेख बजार क्षेत्रमा भने काठमाडौँ, ललितपूर, भक्तपुरलगाएत गण्डक क्षेत्रबाट बसोवास गरेर आएका समुदायहरूको बिचमा वर्षे मेला –लाखे नाच, गाईजात्रा, घण्टाकर्ण, रोपाईजात्रा, टाकटुके जात्रा, कृष्ण जन्माष्ठमीजस्ता मेला पर्वहरू लोकप्रिय रहेको छन् ।[५]
- वर्षे मेला
दैलख बजारमा प्रचलित वर्षेमेलाको सन्दर्भमा वैभिन्न तर्कहरू रहेको पाईन्छ। सवै भन्दा उपयुक्त तर्क अनुसार दैलेख बजारमा रहेको करिव ७० वटा घरधुरीहरूले प्रत्येक वर्षातको हरिसियानी एकादशी देखि हरिबोधनी एकादशिसम्म जात्रा(मेला) आयोजना गरे बाफत घरजग्गा कर मिनाह हुने तात्कालिक सरकारी व्यवस्था रहेको हुनाले वर्षे मेलाको बाध्यताकी अवस्थाका कारण हालसम्म पनि निरन्तरता हुन गएको हो भन्ने भनाई छ।[स्रोत नखुलेको] त्यस बेला सिँगारिन नचाहने कसाईहरूलाई दण्ड जरिमाना गर्ने गरिन्थ्यो । बजार भरि परिक्रमा गरिसकेपछि बडाहाकीम अर्थात हालको प्रशासन कार्यालय भएको भवन गौंडा दरबारमा लगेर नाच्नु पर्थ्यो र वर्षेमेलाको विधिवत त्यहि लगेरनै समापन गरिन्थ्यो। तात्कालिन माओवादी जनयुद्ध चरम उत्कर्समा पुगेको कारणले असुरक्षा देखाउँदै गौंडा दरबारले नमानेपछि मेलाको समापन अन्यत्र सर्यो। आजकल मेला सञ्चालन गर्न न्यू ज्वाला क्लव पुरानो बजार र भगवती यूवा क्लव, भगवती टोलले स्थानिय खुल्ला मञ्च टुडिखेलमा मेला समापन गर्ने गरेका छन् भने एभरेष्ट क्लव नयाँ बजार र सुनगाभा यूवा क्लवले भने छात्राबासको मैदान प्रयोग गर्ने गरेका छन् । वर्षे खेती लगाइसकेपछि साउन महिनाको पहिलो दिन अर्थात कर्कटसङक्रान्तिका दिन सार्वजनिक मेला आयोजना गरिन्थ्यो।[स्रोत नखुलेको] यस दिनदेखि सूर्य दक्षिणतिर सर्दै उदाउने हुनाले दक्षिणायन सुरू हुन्छ र मकरसङ्क्रान्ति देखि उत्तरायन प्रारम्भ हुन्छ। वर्षातको समयमा हिलो मैलोमै समय बित्ने भएकाले खेती पाक्ने समयमा फुर्सदको समयमा हिलोमैलो पखालेर गाँउभरिका सवै एकै ठाँउमा जम्मा हुने कुस्ती खेल्ने, कपड्डी खेल्ने र वर्षतको दुख कस्टर्ला बिर्साएर मनोरञ्जन लिने गरिन्थ्यो। सर्स सँगै विभिन्न रङ्ग मिसाइएको कमेरोको घोलहरू बनाएर भाँडाहरूमा राखिन्थ्यो र स्थानिय यूवाहरूमा दुबै हात पछाडि बाँधेर उक्त घोलमा अनुहार डुवाएर मुखले पैसा पिंधबाट जसले झिकेर ल्याउन सक्थ्यो उसैलाई बक्सीस दिईन्थ्यो । यसरी रंगको घोलमा टाउको चोपेर निकाले पछि विभित किसीमको अनुहारहरूलाई हेर्देै एक ले अर्कोलाई जिस्काउँदै रमाईले गर्ने प्रचलन थियो जसलाई स्थानिय भाषामा लोकन्थलीको मेला भन्ने प्रचलन थियो।[स्रोत नखुलेको]वर्षातमा खेतिपातीको क्रममा हिलो मैलोसँग खेलिने भएकोले धार्मिक परम्परा अनुरुप मन्त्र जपेर जलिरहेको अगूल्टोसंगै लुतो फाल्ने चलन रहेको थियो। यो प्रचलन अझै पनि कायमै छ ।[५]
[५] यसका साथै निम्म चाड पर्वहरू यस जिल्लामा मनाउने गरिन्छ ।:-
- दशैं
- तिहार
- माघे संक्रान्ति
- जनैपूर्णिमा
- तीज
- गाईजात्रा
- कृष्णाष्टमी
- फागु पूर्णिमा
- शिवरात्री
- चैते दशैं
- स्वस्थानी
- भस्सि जात्रा
- भैले जात्रा
- भैनी
- पुष पन्ध्र
- गल्लौडी
- मालिका चतुर्दशी
- रोपाईं जात्रा
- सोह्र श्राद्ध
- नाग पञ्चमी
माथी उल्लेखित प्रमुख चाडपर्वहरूका साथै विभिन्न जनजातीहरूले अन्य थुप्रै आफ्नो आफ्नो परम्परा अनुसारका चाडपर्व तथा उत्सवहरू मनाउछन्। यस्ता चाडपर्वमा यहाँ खानपान नाचगानका साथै फुटबल, भलिबल, बुद्धी चाल, दौड प्रतुयोगीता जस्ता खेल तथा अन्य कार्यक्रमहरूको आयोजना पनि गरिन्छ।[स्रोत नखुलेको]
यी पनि हेर्नुहोला
सन्दर्भ सूची
- ↑ Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal
- ↑ "दैलेखमा वैशाखदेखि मिथेन ग्यास उत्खनन् गरिने" (नेपालीमा), उज्यालो अनलाइन, चैत १३, २०७५।
- ↑ ३.० ३.१ ३.२ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedDDC_Dailekh
- ↑ ४.० ४.१ ४.२ ४.३ पूस्तक कीर्तिखम्ब पहिलो संस्करण लेखक विश्व के.सी. (पोखरेल)
- ↑ ५.० ५.१ ५.२ paschimnepal
.com /article /615
बाह्य कडीहरू
- हाम्रो दैलेख जिल्ला
- धमाका दैनिक (दैलेखको समाचार पत्र)
- दैलेख जिल्लाको बारेमा भिडियो
- दैलेख जिल्ला डायरी
- दैलेख खबर
- ज्वाला संदेश
- मातृभूमी सप्ताहीक
- दैलेख जिल्ला सेरोफेरो