मादी गाउँपालिका
मादी गाउँपालिका कास्की जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्की जिल्लामा साविकका नामार्जुङ, थुमाकोडाँडा, कालीकाको (६-९) वडाहरू, सिल्दुजूरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठानाको (२,३) वडाहरू, हंसपुरको (५,८) वडाहरू र पार्चे गाउँ विकास समितिहरूलाई समेटेर मादी गाउँपालिका घोषणा गरिएको हो ।[३][४] मादी गाउँपालिकको कूल जनसङ्ख्या १८,१५३ रहेको छ ।[५]
मादी | |
---|---|
![]() मादी गाउँपालिकाका वडाहरू | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | कास्की जिल्ला |
स्थापना | २०७३ साल फाल्गुन २७ गते |
सरकार | |
• प्रकार | स्थानीय तह |
• अध्यक्ष | बेदबहादुर गुरुङ (नेकपा एमाले) |
• अधिकृत | नारायण सापकोटा |
• उपाध्यक्ष | बिष्णुमाया आचार्य (पौडेल) (नेकपा एमाले) वडाध्यक्षहरू
|
क्षेत्रफल | |
• जम्मा | ५६३ किमी२ (२१७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,१५३ |
• घनत्व | ३२/किमी२ (८४/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६१ |
केन्द्र | साविकको थुमाकोडाँडा गाविसको कार्यालय |
भौगोलिक अवस्थिति सम्पादन
मादी गाउँपालिकाको क्षेत्रफल ५६३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका १२ वडाहरूमा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा लमजुङ जिल्ला, पश्चिममा पोखरा लेखनाथ महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा पोखरा लेखनाथ महानगरपालिका र रूपा गाउँपालिकासम्म छ ।[६]
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।