नुवाकोट जिल्ला

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश नं. ३ अर्न्तगत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोट जिल्लाको जनसंख्या २८८,४७८ रहेको छ।[स्रोत नखुलेको] नुवाकोट जिल्लाको सदरमुकाम बिदुर हो।

नुवाकोट जिल्ला
Nuwakot district location.png
अञ्चल: {{{अञ्चल}}}
प्रदेश: {{{प्रदेश}}}
सदरमुकाम: बिदुर
क्षेत्रफल: १,१२१ वर्ग कि.मि.
जनसङ्ख्या: २८८,४७८
गाउँपालिका(हरू): १० वटा
नगरपालिका(हरू): २ वटा बिदुर, बेलकोटगढि
प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: ५,१४४ मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: तामाङ,नेवार,क्षेत्री,ब्राह्मण,कामी,मगर आदि
प्रमुख भाषाहरू: नेपाली,तामाङ,नेवारी,मगर शेर्पा आदि
मानव विकास सूचकाङ्क: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०१०
प्रमुख जिल्ला अधिकारी: द्रोण पोखरेल
वेबसाइट:
 हे  वा  सं 

भूगोलसम्पादन

नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रूपमा पुर्ब-पश्चिम फैलिएर रहेको छ। यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू लगाएतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ। नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पूर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ। समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ। जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ।

इतिहाससम्पादन

 
साततले दरवारबाट देखिएको नुवाकोटको एक दृष्य
 
नुवाकोटबाट देखिएको हिमालको दृष्य

राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो। यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो। त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो। जसको फलस्वरूप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो।

नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो। जसको परिणामस्वरूप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्‍यो। यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्यो। साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, अमरसिंह जस्ता वीर योद्घाहरूले यस अभियानलाई अझै व्यापक बनाए। यद्यपि भारतमा साम्राज्य फैलाईरहेका अङ्ग्रेज शासकहरू यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पुर्बमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू-भागहरू गुमाउनु पर्‍यो।

यी विभिन्न कारणहरूले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो। यद्यपी इ.सं.१८५७ मा भारतका सिपाही बिद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अङ्ग्रेजलाई महत्त्वपूर्ण सैनिक सहयोग उपलब्ध गराए बापत हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता भएको थियो। तसर्थ नेपालको वर्तमान स्वरूप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरूको महत्त्वपूर्ण भूमिका रहेको स्वत स्पष्ट छ। यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन। राजा पृथ्वीनारायण शाहको वि.सं. १८०१ देखि १८२५ सम्मको महत्त्वपूर्ण समय नुवाकोट मै व्यतित भएको थियो।

गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्त्वपूर्ण मार्गका रूपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ। जुन मार्ग भएर गोरखाली सेनाहरू महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए। खिञ्चेत बगैंचा त्यही पबित्र स्थान हो जहाँ बिश्व प्रसिद्ध पुकार भण्डारीको जन्म भएको थियो । हाल यश स्थानलाई खिबोजको नामले चिनिन्छ । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोली गठ्ठा खरीद जस्ता व्यापक तयारीले लडाईंलाई सफल तुल्याएको देखिन्छ। नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए।

पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार र वि.सं. १८२२ शेरा दरबार बनाउन लगाए। पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए। तर उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन। स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो। सात तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पुर्ब कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो। यसको पुनः निर्माण तर्फ सरकारले चासो राखेको देखिदैन। मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुरे जात्रा (नुवाकोट) लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ। यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरू पनि यहाँ नभएका हैनन्। गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरण सँगसँगै केही साँस्कृतिक परम्पराहरू लोप हुदै गएका छन्। जुन दुःख लाग्दो विषय हो। मल्लकालमा उपत्याकाबाट बसाई सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाडौँको जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि राखेका थिए। जुन अद्यपि कायम छ। यी नेवार जातिमध्ये कतिपय सात तले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ।

नामाकरणसम्पादन

नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोटधुवाँकोट पश्चिम. १ नं.बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ।

प्रशासनसम्पादन

प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्र, १० गाउँपालीका तथा २ नगरपालिका विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरू रहेका छन्। विगतमा नुवाकोट दरबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ। [१]

जल विद्युतसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन


सन्दर्भ सामग्रीसम्पादन

  1. "स्थानिय तह" (Nepaliमा), Ministry of Federal Affairs and General Administration, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८ 

बाह्य लिङ्कहरूसम्पादन