ज्वालामुखी गाउँपालिका

ज्वालामुखी केन्द्रीय नेपालको बागमती अञ्चलको धादिङ जिल्लाको एक गाउँपालिका (पहिले: गाउँ विकास समिति) हो।[२]

Jwalamukhi
ज्वालामुखी
नेपालमा गाउँपालिका
Jwalamukhi is located in नेपाल
Jwalamukhi
Jwalamukhi
नेपालमा स्थान
निर्देशाङ्क: २७°३८′४३.३″उ॰ ८४°३४′३.६८″पू॰ / २७.६४५३६१°N ८४.५६७६८८९°E / 27.645361; 84.5676889निर्देशाङ्कहरू: २७°३८′४३.३″उ॰ ८४°३४′३.६८″पू॰ / २७.६४५३६१°N ८४.५६७६८८९°E / 27.645361; 84.5676889
देशनेपाल
विकास क्षेत्रकेन्द्रीय
जिल्लाधादिङ
प्रदेशबागमती प्रदेश
गाउँपालिकाज्वालामुखी
क्षेत्रफल
 • जम्मा११४.०४ किमी (४४.०३ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा२३९६६
 • घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेप्रस)
क्षेत्रीय सङ्केत०१०

संघिय गणतान्त्रिक नेपालको  बागमती प्रदेश स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङवेसीदेखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको यस गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरी, ढोलामैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । पूर्ब तर्फ निलकण्ठ नगरपालिका, पश्चिम तर्फ  गोरखा जिल्ला, उत्तर तर्फ निलकण्ठ नगरपालिकात्रिपुरासुन्दरी गाउँपालिका र दक्षिण तर्फ  सिद्धलेक गाउँपालिका अबस्थित छ । यस ज्वालामुखी गाउँपालिकाको जनसंख्या गाउँपालिकाको पार्श्वचित्र अनुसार ३२९२२ रहेको छ भने क्षेत्रफल ११४.५ वर्ग कि.मि. रहेको छ ।साथै कुल घरभुरी संख्या करिब ५७३० रहेको छ। भौगोलिक हिसाबले सदरमुकाम देखि निकट रहेको यस गाउँपालिका क्षेत्र भित्रको कुनै पनि भु–भाग विकट अबस्थामा रहेको देखिदैन । भुगोलका हिसाबले यस गाउँपालिकाको नक्सा गोलाकार रहेको छ । गाउँपालिका स्तरीय कुनै पनि सडक कालो पत्रे भएको नभएता पनि गाउँपालिका अन्तरगतका सबैवडा कार्यालयहरु सम्म कच्ची मोटर बाटोको सुबिधा पुगेको छ । पशुपालन ब्यबसायका दृष्टिले बाख्रा पालन ब्यबसायको सम्भावना मजबुत देखिन्छ भने अन्य पशुपालनको पनि सम्भावना त्यत्तिकै रहेको देखिन्छ । कृषि ब्यबसाय तर्फ खाद्य बालिमा धान, मकै, कोदोगहुँ उत्पादन हुन्छ भने अन्य बाली तर्फ अदुवा, पिँडालुमौरी पालनको पनि उत्तिकै सम्भावना रहेको छ । राजनैतिक हिसाबले जिल्लाका विर्वाचन क्षेत्र मध्ये यस गाउँपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र अन्तरगत पर्दछ । यस गाउँपालिकाको सामिप्यमा रहेरका नेत्रावति र बुढिगण्डकीको अविरल बहावका कारण बुढिगण्डकीको सौदर्यता, चरन क्षेत्र,पर्यटकीय हिसाबले निकटबाट नियाल्न सकिने पाविल हिमाल, गणेश हिमाल र टारहरुको मनमोहक दृश्य तथा संस्कृतिका रुपमा रहेका जलमूखिमाइ, ढोला मण्डली, मैदी कोट, खरि कोट र चैनपुर कोट जस्ता धार्मिक, पुरातात्विक  एबं पर्यटकिय प्रचुर सम्भावना बोकेको छ । जिल्ला स्थित टारहरु मध्ये पिपलटार जिल्लाकै महत्वपूर्ण टार मानिन्छ । साथै अत्याधुनिक प्रविधि एबं जलासययूक्त राष्टिय गौरबको बुढिगण्डकी जलविधुत आयोजनाले प्रबाभित एबं डुवान मध्ये यस ज्वालामूखी गाउँपालिकाको वडा नं. १ , ५ र ७ पर्दछन । साथै उक्त योजना सम्पन्न पश्चात संकलित जलासयमा जलयात्राको ब्यबस्थापन गरि गाउँपालिकाको आन्तरिक आय बृद्धि हुने सम्भवना देखिन्छ  ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "MOFALD List of Gaupalika" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-०२ 
  2. "यसरी २ नगर र ११ गाउँपालिकामा बाँडिनेभयो धादिङलाई (स्पष्ट नक्सासहित)", Sajhapost, Nov ११, २०१६।  वेब्याक मेसिन अभिलेखिकरण जुलाई ३, २०१९ मिति