सुर्खेत जिल्ला
सुर्खेत नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्ला कर्णाली प्रदेशको प्रादेशिक राजधानी समेत रहने निर्णय कर्णाली प्रदेशको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरेको छ। बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्रको नाम सुर्खेत हुनु पहिले दोभानचौरका रूपमा परिचित थियो। २०२० को दशकमा यस जिल्लाको सदरमुकाम सुर्खेतको तत्कालिन गोठीकाठाबाट सुर्खेतको वीरेन्द्रनगर कायम भएको थियो।
सुर्खेत जिल्ला | |
---|---|
![]() | |
![]() कर्णाली प्रदेशमा सुर्खेत जिल्लाको (गाढा पहेँलो) स्थान। | |
देश | ![]() |
प्रदेश | कर्णाली प्रदेश |
सदरमुकाम | वीरेन्द्रनगर |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, सुर्खेत |
क्षेत्रफल | |
• जम्मा | २,४५१ किमी२ (९४६ वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | ४१७,७७६ |
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
नामाकरणसम्पादन
- सुर्खेतको पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने पाइन्छ।
- सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु-खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ।
- सुर नामका देवताले सुर्खेत उपत्यकाको पानी बाहिर फाली बस्ति बसालेकोले सुर्खेत नाम रहन गएको अनुश्रुति पाइन्छ।
पर्यटकीय क्षेत्रसम्पादन
बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदि कर्णाली नदि, र्याफटीङचौकुखानी, पन्चपुरि: मन्दिर, कोटको थुम्को(सिम्ता [बजेडीचौर]),भोटेचुली(खानीखोला), सिम्ताउपत्यका काँक्रेबिहार, बुलबुले ताल आदी।
सहारे को कोट माझखर्क ठाँउ बाइसे चौबिसे राज्य हुँदा राजा बस्ने ठाउँ र त्यही ले गर्दा पन्चायत मा हाल्को गुर्भाकोट र भेरिगङा कोट्माझखर्क पन्चायत नामाकरन गरिएको हो।
देउतिबज्यै सुर्खेतको ऐतिहासिक मन्दिर मध्येको एक हो। बिषेशगरि शिबरात्रीमा यो मन्दिरमा ठुलो मेला लाग्ने भएपनि दैनिक जसो पुजाआजा गर्नेहरूको निकै घुईचो लाग्ने गर्दछ।
प्रशासनिक विभाजनसम्पादन
जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये ५ नगरपालिका र ४ गाउँपालिका छन्।[१]
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
---|---|---|---|
गुर्भाकोट नगरपालिका | १४ | शुभाघाट | ४३,७६५ |
पञ्चपुरी नगरपालिका | ११ | बाबियाचौर | ३२,२३१ |
भेरीगंगा नगरपालिका | १३ | भेरीगंगा | ३२,५११ |
लेकबेसी नगरपालिका | १० | सातखानी | ७,११६ |
वीरेन्द्रनगर नगरपालिका | १६ | वीरेन्द्रनगर | १००,४५८ |
चिङ्गाड गाउँपालिका | ६ | अवलचिङ्ग | १७,२७५ |
चौकुने गाउँपालिका | १० | गुटु | २५,२४० |
बराहताल गाउँपालिका | १० | कुनाथरी | २६,८०२ |
सिम्ता गाउँपालिका | ९ | राकम | २५,८४५ |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "सुर्खेत जिल्लाका स्थानीय तहहरुको संरचना", सुर्खेत जिल्ला, अन्तिम पहुँच २०२३-०४-०१।