गाउँपालिका

नेपालको स्थानीय प्रशासनिक अङ्ग

गाउँपालिका गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नयाँ निर्मित स्थानीय प्रशासनिक एकाई हो। हालै सरकारले गाविस विघटन गरी गाउँपालिका बनाएको हो ।[१] वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस विघटन गरी ४ सय ७९ गाउँपालिका बनाएको थियो ।[२][३][४] गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा सम्म वडाहरू हुन्छन् ।[५] मन्त्रालयले साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाएको कारण साबिक ४ सय ७९ गाउँपालिकाको सङ्ख्या घटेर ४ सय ६३ कायम भएका छन् ।[६][७]

संवैधानिक व्यबस्थासम्पादन

नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ¸प्रदेशर स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यबस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका¸नगरपालिका र जिल्लासभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष¸संरक्षित वा स्वायत्तक्षेत्र कायमगर्न सकिने व्यबस्था गरेको छ।

गाउँपालिकाको सूचीसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "सबै गाविस र जिविस खारेजः तपाईँ अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ?", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  2. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  3. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ 
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  5. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  6. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ 
  7. "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १० 

यो पनि हेर्नुहोस्सम्पादन