जगरनाथपुर गाउँपालिका

जगरनाथपुर गाउँपालिका नेपालको मधेश प्रदेशमा रहेको पर्सा जिल्लामा अवस्थित छ । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्सा जिल्लामा साविकका जगरनाथपुर, पिडारीगुठी, जानकिटोला, घोडादौडा पिपरा (८ र ९ वडा), बिजवनिया, मसियानीऔराहा गाउँ विकास समितिहरूलाई समेटेर जगरनाथपुर गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३१,५९१ रहेको छ । यसको क्षेत्रफल ४५.२९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको जगरनाथपुर गाविसको कार्यालयमा राखिएको छ ।[२]

जगरनाथपुर
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षजालिम मियाँ मंसुरी (माओवादी केन्द्र)
 • उपाध्यक्षबिस्‍िमल्‍लाह खातुन
क्षेत्रफल
 • जम्मा४५ किमी (१७ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा३१,५९१
 • घनत्व७००/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
केन्द्रसाविकको जगरनाथपुर गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्