पैयूं गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका टकलाक, त्रिवेणी, बेहुलीबास, हुवास, सरौंखोलाभोर्ले गाउँ विकास समितिहरूलाई समेटेर पैयूं गाउँपालिका बनाइएको हो ।[३] पैयूं गाउँपालिकाको कूल जनसङ्ख्या १५,३८१ रहेको छ । यसको क्षेत्रफल ४२.६५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हुवास गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा विहादी गाउँपालिका, उत्तरमा महाशिला गाउँपालिका तथा दक्षिणमा स्याङ्जा जिल्लासम्म फैलिएको छ ।[४]

पैयूं
Paiyon
पैयूं गाउँपालिकाको वडा विभाजनको अवस्थिति
पैयूं गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लापर्वत जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षखगेन्द्र तिवारी (नेपाली कांग्रेस)
 • उपाध्यक्षजसमती गुरुङ (नेपाली कांग्रेस)
 • कार्यकारीकुलप्रसाद लामिछाने
क्षेत्रफल
 • जम्मा४२.६५ किमी (१६.४७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,३८१
 • घनत्व३६०/किमी (९३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविकको हुवास गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्