पचाल झरना गाउँपालिका कालिकोट जिल्लाका ६ वटा गाउँपालिकामध्येको एक हो । यस गाउँपालिकाको नाम नेपालको सबैभन्दा अग्लो झरना पचाल झरनाको नामबाट नामाकरण गरिएको हो । कालिकाोट जिल्लाको सदरमुकामसँग जोडिएको यस गाउँपालिकाको पूर्वमा खाडाचक्र र तिलागुफा नगरपालिका, पश्चिममा बाजुरा जिल्ला, दक्षिणमा रास्कोट नगरपालिका र उत्तरमा पलाता गाउँपालिका पर्दछ ।