घिरिङ गाउँपालिका

तनहुँ जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक गाउँपालिका

घिरिङ तनहुँ जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[१] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा गजरकोटका (१-८) वडाहरू, सामुङ भगवतीपुरका (१,३-९) वडाहरू, राम्जाकोटको (वडा नं ९), माझकोटको (वडा नं ६) र घिरिङ सुन्धारा गाउँ विकास समितिहरूलाई समेटेर घिरिङ गाउँपालिका घोषणा गरिएको हो ।[२]

घिरिङ
घिरिङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
घिरिङ गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लातनहुँ
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१२६ किमी (४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,३१८
 • घनत्व१५०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+५:४५ (पोखरा)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको गजरकोट गाविसको कार्यालय

जनसङ्ख्या सम्पादन गर्नुहोस्

प्रदेश नं. ४ स्थित तनहुँ जिल्लामा गजरकोटका (१-८) वडाहरू, सामुङ भगवतीपुरका (१,३-९) वडाहरू, राम्जाकोटको (वडा नं ९), माझकोटको (वडा नं ६) र घिरिङ सुन्धारा गाविसहरूलाई मिलाएर घिरिङ गाउँपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर घिरिङ गाउँपालिकाको जनसङ्ख्या १९,३१८ रहेको छ ।[३][४]

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

घिरिङ गाउँपालिकामा ५ वडाहरू रहेका छन। घिरिङको कुल क्षेत्रफल १२६ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा ऋषिङ गाउँपालिका पर्दछ भने पश्चिममा स्याङ्जा जिल्लापाल्पा जिल्ला छ । यसको उत्तरी भागमा भिमादस्याङ्जा जिल्ला छ भने दक्षिणी क्षेत्रमा नवलपरासी जिल्लापाल्पा जिल्ला पर्दछन् ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
  5. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

ढाँचा:तनहुँ जिल्ला