नेपालका नगर प्रमुखहरूको सूची
नगर प्रमुख वा मेयर नेपालको नगरपालिकाको सबैभन्दा उच्च पदस्थ अधिकारी हुन्। नेपालमा कूल २९३ नगर प्रमुख (६ महानगर, ११ उपमहानगरपालिका र २७६ नगरपालिका) रहेका छन्। नगर प्रमुख नेपाल सरकारका स्थानीय सरकारको प्रमुख हुन्।[१]नेपालका नगर प्रमुखहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल लगायतका ८ राजनीतिक दलहरू मार्फत निर्वाचित भएका थिए।
पदभार
सम्पादन गर्नुहोस्नेपालको संविधानको धारा २१६(५) मा मेयरका लागि योग्यता तोकिएका छन् जसका निम्ति व्यक्ति २१ वर्षको उमेर पुगेका नेपाली नागरिक, नगरपालिकाको मतदाता सूचीमा समावेश भएको र कुनै पनि कानूनद्वारा अयोग्य नठहरिएको हुनुपर्ने छ। साथै २१६(७) अनुसार दुई कार्यकालका लागि मेयरमा निर्वाचित व्यक्ति नगरपालिकाको निर्वाचनमा पुन: उम्मेदवार हुन योग्य हुँदैन। त्यस्तै, धारा २१५ (७) मा ग्रामीण नगरपालिकाका अध्यक्षहरूका लागि पनि यस्तै प्रावधान छ। यसको अर्थ, एक पटक एक व्यक्तिले मेयरको रूपमा दुई कार्यकाल पूरा गरेपछि, उनीहरूले फेरि उही पदको लागि प्रतिस्पर्धा गर्न सक्दैनन्। यदि मेयरले उपमेयर समक्ष र उपमेयरले मेयर समक्ष राजीनामा दिएमा, वा उनको कार्यकाल समाप्त भएमा वा मृत्यु भएमा पद रिक्त हुने २१६(८) मा उल्लेख छ र यदि प्रमुख र उपप्रमुखको पद एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहेमा बाँकी अवधिका लागि खाली पदका लागि उपनिर्वाचन हुनेछ।
सारांश
सम्पादन गर्नुहोस्दल | कोशी | मधेश | बागमती | गण्डकी | लुम्बिनी | कर्णाली | सुदूरपश्चिम | समग्रमा | |
---|---|---|---|---|---|---|---|---|---|
नेपाली काङ्ग्रेस | २४ | ३० | २४ | १५ | २१ | १३ | १८ | १४५ | |
नेकपा (एमाले) | २३ | १९ | ९ | ८ | ९ | ६ | ८ | ८४ | |
नेकपा (माओवादी केन्द्र) | ० | ७ | ५ | २ | ३ | ५ | ३ | २६ | |
नेकपा (एकीकृत समाजवादी) | १ | ५ | ४ | १ | ० | १ | १ | १३ | |
जनता समाजवादी पार्टी, नेपाल | ० | ८ | ० | ० | १ | ० | ० | ९ | |
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | ० | ७ | ० | ० | ० | ० | ० | ७ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | १ | ० | १ | ० | १ | ० | ० | ३ | |
नागरिक उन्मुक्ति पार्टी | ० | ० | ० | ० | ० | ० | २ | २ | |
राष्ट्रिय जनमोर्चा | ० | ० | ० | १ | १ | ० | ० | २ | |
जनमत पार्टी | ० | १ | ० | ० | ० | ० | ० | १ | |
नेपाल मजदुर किसान पार्टी | ० | ० | १ | ० | ० | ० | ० | १ | |
स्वतन्त्र | १ | ० | १ | ० | ० | ० | १ | ३ | |
जम्मा | ४९ | ७७ | ४५ | २७ | ३६ | २५ | ३४ | २९३ |
कोशी प्रदेश
सम्पादन गर्नुहोस्कोशी प्रदेश मा, १ महानगरपालिका, २ उपमहानगरपालिका र ४६ नगरपालिका रहेका छन्। समग्रमा, कोशी प्रदेश मा, ४९ जना नगर प्रमुख रहेका छन्।
मधेश प्रदेश
सम्पादन गर्नुहोस्मधेस प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका र ७३ नगरपालिका रहेका छन्। समग्रमा मधेश प्रदेशमा ७७ जना नगरप्रमुख रहेका छन्।
बागमती प्रदेश
सम्पादन गर्नुहोस्बागमती प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका र ४१ नगरपालिका रहेका छन्। समग्रमा बागमती प्रदेशमा ४५ जना नगरप्रमुख रहेका छन्।
गण्डकी प्रदेश
सम्पादन गर्नुहोस्गण्डकी प्रदेशमा, १ महानगरपालिका र २६ नगरपालिका रहेका छन्। समग्रमा गण्डकी प्रदेशमा १७ जना नगरप्रमुखहरू रहेका छन्।
- नेपाली काङ्ग्रेस-१५
- नेकपा (एमाले)-८
- नेकपा (माओवादी केन्द्र)-२
- नेकपा (एकीकृत समाजवादी)-१
- राष्ट्रिय जनमोर्चा-१
जम्मा: २७
लुम्बिनी प्रदेश
सम्पादन गर्नुहोस्लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका र ३२ नगरपालिकाहरू रहेका छन्। समग्रमा, लुम्बिनी प्रदेशमा ३६ जना नगर प्रमुख रहेका छन्।
- नेपाली काङ्ग्रेस-२०
- नेकपा (एमाले)-९
- नेकपा (माओवादी केन्द्र)-३
- जनता समाजवादी पार्टी, नेपाल-१
- राष्ट्रिय प्रजातन्त्र पार्टी-१
- राष्ट्रिय जनमोर्चा-१
जम्मा: ३६
कर्णाली प्रदेश
सम्पादन गर्नुहोस्कर्णाली प्रदेशमा २४ वटा नगरपालिका रहेका छन्। समग्रमा, कर्णाली प्रदेशमा २४ जना नगर प्रमुखहरू रहेका छन्।
जम्मा: २५
सुदूरपश्चिम प्रदेश
सम्पादन गर्नुहोस्सुदूरपश्चिम प्रदेशमा १ उपमहानगरपालिका र ३३ नगरपालिका रहेका छन्। समग्रमा,सुदूरपश्चिम प्रदेशमा ३४ जना नगर प्रमुख रहेका छन्।
- नेपाली काङ्ग्रेस-१८
- नेकपा (एमाले)-८
- नेकपा (माओवादी केन्द्र)- ३
- नागरिक उन्मुक्ति पार्टी-२
- नेकपा (एकीकृत समाजवादी)-१
- स्वतन्त्र राजनीतिज्ञ-१
जम्मा: ३४
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "निर्वाचित नगर प्रमुख तथा नगर उप–प्रमुखहरुको विवरण – स्थानीय तह निर्वाचन २०७९", नेपाल नगरपालिका सङ्घ (नेपालीमा)।