काठमाडौँ जिल्ला

नेपालको राजधानी जिल्ला हो ।

काठमाडौँ जिल्ला (नेपालभाषामा:येँ जिल्ला) नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौँ एक हो । यस जिल्लाको पूर्वमा भक्तपुरकाभ्रेपलाञ्चोक, पश्चिममा धादिङनुवाकोट, उत्तरमा नुवाकोटसिन्धुपाल्चोक र दक्षिणमा ललितपुरमकवानपुर जिल्ला पर्दछन् ।

काठमाडौँ जिल्ला
Kathmandu
बागमती अञ्चलमा काठमाडौँ जिल्लाको स्थान
बागमती अञ्चलमा काठमाडौँ जिल्लाको स्थान
देश नेपाल
प्रदेशमध्यमाञ्चल विकास क्षेत्र
अवस्थितिपहाड
नगरपालिका१ महानगरपालिका सँगै १० नगरपालिका
सदरमुकामकाठमाडौँ
क्षेत्रफल
 • जम्मा३९५ किमी (१५३ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,७४४,२४०
 • घनत्व४,४००/किमी (११,०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
मुख्य भाषाहरू
वेबसाइटआधिकारिक वेबसाइट

यस जिल्लाको सीमाना उत्तरमा जर्के खोला, सिन्धु खोला ठाडो खोला र शिवपुरी लेकले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लाहरूसँग, पूर्वमा कात्तिके खोला, मनोहरा खोलाबागमती नदीले भक्तपुर र ललितपुर जिल्लासँग, पश्चिममा कोलफु खोला, नागार्जुन डाँडा, दहचोक, चन्द्रागिरी पहाड आदिले नुवाकोट, धादिङ र मकवानपुर जिल्ला तथा दक्षिणमा महादेवटारका डाँडा, रातेमाटे खोलाले मकवानपुर जिल्लासँग छुट्याएको छ ।

जिल्लाको नामाकरणसम्पादन

काठमाडौँको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा लिच्छविकालको पूर्वार्धतिरसम्म यस भूमिको नाम काठमाडौँ रहेको थिएन भन्न सकिन्छ । त्यसताकासम्म नेपाल उपत्यका पशुपति क्षेत्र, मन्जुपतन आदि नाम रहेको अड्कल लगाइएको पाइन्छ ।

  • वि.सं. १०४३ तिर प्रसिद्ध लिच्छवी राजा गुणकामदेवले यस क्षेत्रमा यो सहर विकास गरेपछि यहाँको नाम काष्ठमण्डप रहन आएको हो ।
  • अर्को भनाई अनुसार वि.सं. १२०० तिर काठमाण्डौं शहरको दक्षिण पश्चिम भागमा एउटा ठूलो रुखवाट काठैकाठको सत्तल बनेको हुँदा काष्ठमण्डप भनिन थाल्यो । संस्कृत शब्द काष्ठमण्डपको नेपाली रूपान्तर काठमाडौँ भएकोले पछि यस क्षेत्रलाई काठमाडौँ भनिन थालियो तर मल्लकालमा यसलाई कान्तिपुर पनि भनिन्थ्यो ।

यसरी संक्षेपमा यो क्षेत्रको नाम विभिन्न समयमा विभिन्न रूपले बदलिँदै काठमाण्डौं हुन आएको हो भन्न सकिन्छ ।

इतिहाससम्पादन

कान्तिपुर सहरको स्थापना राजा गुणकामदेवले गरेका हुन्| किम्बदन्ति अनुसार उहांले शक्तिको अराधना गरी खड्ग आकारको सहरको निर्माण गर्न लगाएका थिए जसको जग हनुमानढोका दरबार क्षेत्रमा राखिएको थियो ।

गोपाल तथा महिषपाल वंशसम्पादन

किरांत कालसम्पादन

लिच्छिवि कालसम्पादन

ठकुरी कालसम्पादन

मल्ल कालसम्पादन

४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थपना भएको थियो ।

शाह कालसम्पादन

राणा कालसम्पादन

प्रथम प्रजातन्त्रकालसम्पादन

पंचायत कालसम्पादन

द्वितीय प्रजातन्त्रकालसम्पादन

काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरियो ।

शाही घोषणा पश्चातसम्पादन

भूगोलसम्पादन

काठमाडौँ पहाडी भूभागमा पर्ने जिल्ला हो ।

माटोसम्पादन

यस जिल्लाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ ।

नदीसम्पादन

यस जिल्लामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा धेरै साना खोलाहरू बग्दछन् ।

वर्षासम्पादन

मनसुन ऋतुमा बङ्गालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ । शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ ।

तापक्रमसम्पादन

शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म ।

जनसङ्ख्यासम्पादन

महत्त्वपूर्ण स्थलहरूसम्पादन

केही महत्त्वपूर्ण ठाउँहरू यस प्रकार छन्

स्रोतहरूसम्पादन

बाह्य कडीहरूसम्पादन