भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिका (पहिले 'चरिकोट') नेपालको बागमती प्रदेशमा पर्ने दोलखा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। दोलखा जिल्लाका तत्कालिन चरिकोट, दोलखा बजार, माटी र मकैवारी गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर भीमेश्वर नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा बोच, लाकुरीडाँडा र सुष्पाक्षमावती गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[३][४][५] कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ३२,४८० रहेको छ। यो सहर १५५४ मिटरको उचाइमा अवस्थित छ। यस नगरपालिकाको केन्द्रमा रहेको चरिकोट बजार नेपालको राजधानी काठमाडौँबाट १३३ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ।
भीमेश्वर नगरपालिका | |
---|---|
नगरपालिका सदरमुकाम | |
![]() नगरपालिकाको केन्द्र चरिकोट बजारको दृश्य | |
निर्देशाङ्क: २७°४०′०″उ॰ ८६°२′०″पू॰ / २७.६६६६७°N ८६.०३३३३°Eनिर्देशाङ्कहरू: २७°४०′०″उ॰ ८६°२′०″पू॰ / २७.६६६६७°N ८६.०३३३३°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | दोलखा जिल्ला |
नगरपालिका | वि.सं. २०५३ माघ ११[१] |
समावेश (गाविस) | चरिकोट, दोलखा बजार, माटी र मकैवारी |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
समावेश (गाविस) | बोच, लाकुरीडाँडा र सुष्पाक्षमावती |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२ |
सरकार | |
• मेयर | भरत बहादुर के.सी. |
• उप मेयर | कमला बस्नेत |
जनसङ्ख्या | |
• जम्मा | ३२,४८० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४५५०० |
क्षेत्रीय सङ्केत(हरू) | ०४९ |
वेबसाइट | www.bhimeshwormun.gov.np |
नामकरणसम्पादन
यस नगरपालिकामा रहेको दोलखा भीमसेन मन्दिरको नाउँबाट यो नगरपालिकाको नामकरण गरिएको छ।[६]
जनसङ्ख्यासम्पादन
नेपालको वि.सं. २०६८ को जनगणना अनुसार भीमेश्वर नगरपालिकाको जनसङ्ख्या ३२,४८० रहेको छ।[२]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "संक्षिप्त परिचय", भीमेश्वर नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।