पाटन नगरपालिका
पाटन नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लामा अवस्थित एक नगरपालिका हो। पाटन नगरपालिका वि.सं. २०७१ सालमा गठन भएको हो।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बैतडी जिल्लामा पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजर र बसन्तपुर यी ६ गाउँ विकास समितिहरूलाई समेटेर पाटन नगरपालिका घोषणा गरिएको हो।[२][३] पाटन नगरपालिकाको केन्द्र पाटन बजारमा रहको छ।[१][३]
पाटन नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९°२८′३६″उ॰ ८०°३३′५७″पू॰ / २९.४७६६७°N ८०.५६५८३°Eनिर्देशाङ्कहरू: २९°२८′३६″उ॰ ८०°३३′५७″पू॰ / २९.४७६६७°N ८०.५६५८३°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बैतडी जिल्ला |
स्थापना | वि.सं. २०७१ |
क्षेत्रफल | |
• जम्मा | ११९.६ किमी२ (४६.२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १९,९११ |
• घनत्व | १७०/किमी२ (४३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | १०२०० |
क्षेत्रीय सङ्केत | +९७७-९५ |
वेबसाइट | www |
संक्षिप्त परिचय
सम्पादन गर्नुहोस्नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ २०७१/०८/१६ सालमा महाकाली अञ्चलको बैतडी जिल्लाको पाटनमा भएको हो र मिति २०७१/०८/१६गते देखि नै पाटन नगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा स्थित रहेको छ । पाटन नगरपालिकामा कूल १० वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३०४३५ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर १.३५ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघि, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । [४]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजर र बसन्तपुर गाविसहरूलाई मिलाएर पाटन नगरपालिका बनाइएको हो। राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर पाटन नगरपालिकाको जनसङ्ख्या १९,९११ रहेको छ।[५] बसन्तपुर गाविसको वडा नं १, २, ३, ४ र ५ वटा वडाहरू मिलाएर पाटन नगरपालिकाको वडा नं ९ र वडा नं ६, ७, ८ र ९ मिलाएर वडा नं १० निर्माण गरिएको छ। पाटन नगरपालिका बैतडी जिल्लाको पहिलो खुला दिशामुक्त नगरपालिका हो।[स्रोत नखुलेको]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ २.० २.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ३.० ३.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
- ↑ https://patanmun.gov.np/
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति