घोडाघोडी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा पर्नेकैलाली जिल्लामा अवस्थित एक नगरपालिका हो ।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा कैलाली जिल्लामा साडेपानी, दरख र रामशिखरझाला यी ३ गाउँ विकास समितिहरूलाई समेटेर घोडाघोडी नगरपालिका घोषणा गरिएको हो।[२][३] घोडाघोडी नगरपालिकाको केन्द्र सुखड बजारमा रहको छ।[१] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[३]

घोडाघोडी नगरपालिका
देश नेपाल
विकास क्षेत्रहरुसुदूर-पश्चिमाञ्चल
अञ्चलसेती अञ्चल
जिल्लाकञ्चनपुर
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा११५.३ किमी (४४.५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४२,५१५
 • घनत्व३७०/किमी (९६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९
वेबसाइटwww.ghodaghodimun.gov.np/ne

जनसङ्ख्या सम्पादन गर्नुहोस्

साडेपानीदरख गाविसहरूलाई मिलाएर घोडाघोडी नगरपालिका बनाइएको हो ।[४] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर घोडाघोडी नगरपालिकाको जनसङ्ख्या ४२,५१५ रहेको छ ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्