परशुराम नगरपालिका
परशुराम नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको भित्री मधेसमा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका वि.सं. २०७१ साल मङ्सिर १६ मा मन्त्री परिषदको निर्णय अनुसार सिफारिस गरि गठन भएको थियो।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा डडेल्धुरा जिल्लामा शिर्ष र जोगबुडा यी २ गाउँ विकास समितिहरूलाई समेटेर परशुराम नगरपालिका घोषणा गरिएको हो।[२][३] परशुराम नगरपालिकाको केन्द्र जोगबुडाको लालढुङ्गा बजारमा रहको छ।[१][३]
परशुराम नगरपालिका | |
---|---|
निर्देशाङ्क: निर्देशाङ्कहरू: २९°०५′N ८०°१९′E / २९.०९°N ८०.३२°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | डडेल्धुरा जिल्ला |
वडा सङ्ख्या | १२ |
स्थापना | वि.सं. २०७१ मङ्सिर १६ |
समावेश (गाविस) | जोगबुडा र शीर्ष |
सम्मिलित (मिति) | वि.सं. २०७१ मङ्सिर १६ |
सरकार | |
• मेयर | भीम बहादुर साउँद |
• उप मेयर | कलावती देवी बाेहरा |
क्षेत्रफल | |
• जम्मा | ४१४ किमी२ (१६० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३४,९८३ |
• घनत्व | ८५/किमी२ (२२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | १०२०० |
क्षेत्रीय सङ्केत | +९७७-९६ |
वेबसाइट | www |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
शीर्ष र जोगबुडा गाविसहरूलाई मिलाएर परशुराम नगरपालिका बनाइएको हो।[४] त्यसैले वि.सं. २०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर परशुराम नगरपालिकाको जनसङ्ख्या ३४,९८३ हुन्छ।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ २.० २.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ३.० ३.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति