बागचौर नगरपालिका राप्ती अञ्चल अन्तर्गत पर्ने सल्यान जिल्ला अवस्थित एक नगरपालिका हो। [१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सल्यानमा थारमारे, शिबरथा, कोटबारा, कोटमौलापिपलनेटा यी ५ गाउँ विकास समितिहरूलाई समेटेर बागचौर नगरपालिका घोषणा गरिएको हो।[४] बागचौर नगरपालिकाको केन्द्र साबिकको थारमारे गाउँ विकास समितिको बागचौरमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

बागचौर नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल
अञ्चलराप्ती अञ्चल
जिल्लासल्यान जिल्ला
स्थापना२०७२ असोज १
सरकार
 • मेयरलोकमान बुढाथोकी
 • उप मेयरकल्पना पुन
जनसङ्ख्या
 • जम्मा३०,०३९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८८
वेबसाइटbagchaurmun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

थारमारे, शिबरथा, कोटबारा, कोटमौलापिपलनेटा यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर बागचौर नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ५ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बागचौर नगरपालिकाको जनसङ्ख्या ३०,०३९ रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्