सुन्दरबजार नगरपालिका

सुन्दरबजार नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[][] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा लमजुङ जिल्लामा सुन्दरबजार, भोटेओडार, तार्कु, परेवाडाँडाकुन्छा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर सुन्दरबजार नगरपालिका घोषणा गरिएको हो।[] सुन्दरबजार नगरपालिकाको केन्द्र भने साविकको सुन्दरबजार गाविसको भवन रहेको छ।[] लमजुङ जिल्लाको दोस्रो प्रमुख बजार सुन्दरबजारमा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको लमजुङ क्याम्पस रहेको छ।

सुन्दरबजार नगरपालिका
सुन्दरबजार नगरपालिका is located in गण्डकी प्रदेश
सुन्दरबजार नगरपालिका
गण्डकी प्रदेशको नक्सामा सुन्दरबजार नगरपालिकाको अवस्थिति
सुन्दरबजार नगरपालिका is located in नेपाल
सुन्दरबजार नगरपालिका
सुन्दरबजार नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३०′N ८४°०८′E / २८.५°N ८४.१४°E / 28.5; 84.14निर्देशाङ्कहरू: २८°३०′N ८४°०८′E / २८.५°N ८४.१४°E / 28.5; 84.14
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखकृष्‍णप्रसाद कोइराला (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखभवानी केसी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा७२.०५ किमी (२७.८२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,०४३
 • घनत्व३८०/किमी (९७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
केन्द्रसाविकको सुन्दरबजार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुन्दरबजार नगरपालिकाको कुल जनसङ्ख्या २७,०४३ रहेको छ भने यहाँ ७,८२९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. ३.० ३.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  4. ४.० ४.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मंसीर 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्