गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटीगोकर्णेश्वर यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गोकर्णेश्वर नगरपालिका घोषणा गरिएको हो।[३][४] गोकर्णेश्वर नगरपालिकाको केन्द्रभने जोरपाटीमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर मन्दिर
गोकर्णेश्वर मन्दिर
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलबागमती अञ्चल
जिल्लाकाठमाडौँ जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरसन्तोष चालिसे
 • उप मेयरशान्ती नेपाल
क्षेत्रफल
 • जम्मा५८.५ किमी (२२.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०७,३५१
 • घनत्व१८००/किमी (४८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटgokarneshwormun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

गोकर्णेश्वर नगरपालिका साविकका सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटीगोकर्णेश्वर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा गोकर्णेश्वर नगरपालिकाको कूल जनसङ्ख्या १,०७,३५१ हुन्छ।[१]

 
गोकर्णेश्वर मन्दिर


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्