भूमिकास्थान नगरपालिका
भूमिकास्थान नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ् र ढिकुरा गाउँ विकास समितिहरूलाई समेटेर भूमिकास्थान नगरपालिका बनाइएको हो ।[३] यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ ।
भूमिकास्थान
Bhumikasthan | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ५ |
जिल्ला | अर्घाखाँची जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• प्रमुख | रेशम थापा (माओवादी केन्द्र) |
• उपप्रमुख | खडानन्द बेल्वासे (नेपाली कांग्रेस) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | १५९.१३ किमी२ (६१.४४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३२,६४० |
• घनत्व | २१०/किमी२ (५३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको नुवाकोट गाविसको कार्यालय |
जनसङ्ख्यासम्पादन
भूमिकास्थान नगरपालिकाको कूल जनसङ्ख्या ३२,६४० रहेको छ ।
क्षेत्रफलसम्पादन
यसको क्षेत्रफल १५९.१३ वर्गकिलोमिटर रहेको छ ।
सिमानासम्पादन
यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका तथा दक्षिणमा शीतगंगा नगरपालिकासम्म फैलिएको छ ।[४]
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।