भीरकोट नगरपालिका
भीरकोट नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने स्याङ्जा जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३][४][५][६] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा स्याङ्जा जिल्लामा दार्सिंग दहथुम, खिलुङ देउराली, ढापुक सिमलभञ्ज्याङ र बानेथोक देउराली यी ४ गाउँ विकास समितिहरूलाई समेटेर भीरकोट नगरपालिका घोषणा गरिएको हो।[६] भीरकोट नगरपालिकाको केन्द्र दार्सिंग दहथुम गाउँ विकास समितिको वयरघारी बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।
भीरकोट | |
---|---|
देश | ![]() |
विकास क्षेत्रहरु | पश्चिमाञ्चल |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | स्याङ्जा जिल्ला |
स्थापना | २०७२ आस्विन १ |
सरकार | |
• प्रकार | स्थानीय तह |
• मेयर | छायाराम खनाल[१] (नेपाली काँग्रेस) |
• उप मेयर | सिमा के.सी. कर्माचार्य |
• अधिकृत | धर्मराज ढुंगाना[२] |
क्षेत्रफल | |
• जम्मा | ३४ किमी२ (१३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,१३४ |
• घनत्व | ५३०/किमी२ (१४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
वेबसाइट | भीरकोट नगरपालिका |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
दार्सिंग दहथुम, खिलुङ देउराली, ढापुक सिमलभञ्ज्याङ र बानेथोक देउराली यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर भीरकोट नगरपालिका बनाइएको हो ।[७] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भीरकोट नगरपालिकाको जनसङ्ख्या १८,१३४ रहेको छ ।[७]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४।[dead link]
- ↑ "कार्यकारी अधिकृत", भीरकोट नगरपालिका, भीरकोट नगरपालिका, अन्तिम पहुँच १० जेठ २०७४।
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ ६.० ६.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ ७.० ७.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति