रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको एक नगरपालिका हो। चितवन जिल्लाका तत्कालिन रत्ननगर र पञ्चकन्या गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर रत्ननगर नगरपालिका घोषणा गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा भनेर चिनिने यो नगरपालिकाभित्र नेपालको तेस्रो सबैभन्दा बढी पर्यटकहरूद्वारा भ्रमण गरिने सौराहा रहेको छ। वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार पिठुवा र बछ्यौली गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १६ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६९,८४८ रहेको छ।[३]
रत्ननगर
रत्ननगर नगरपालिका | |
---|---|
Ratnanagar Munciplity | |
![]() सौराहा तट | |
निर्देशाङ्क: २७°३७′उ॰ ८४°३०′पू॰ / २७.६१७°N ८४.५००°Eनिर्देशाङ्कहरू: २७°३७′उ॰ ८४°३०′पू॰ / २७.६१७°N ८४.५००°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन जिल्ला |
नगरपालिका | वि.सं. २०५३ माघ ११[१] |
समावेश (गाविस) | रत्ननगर र पञ्चकन्या |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
समावेश (गाविस) | पिठुवा र बछ्यौली |
सम्मिलित (मिति) | वि.सं. २०७१ पौष २८[२] |
सरकार | |
• मेयर | प्रलाद सापकोटा |
• उप मेयर | यादव प्रसाद पाठक |
क्षेत्रफल | |
• जम्मा | ६८.६८ किमी२ (२६.५२ वर्ग माइल) |
उन्नतांश | ८० मिटर (२६० फिट) |
जनसङ्ख्या | |
• जम्मा | ६९,८४८ |
• घनत्व | १,०००/किमी२ (२,६००/वर्ग माइल) |
• धर्मावलम्बी | हिन्दू, मुस्लिम, बौद्ध |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
हुलाक कोड | ४४२०४[४] |
वेबसाइट | www |
नामकरणसम्पादन
टाँडीको नामले परिचित यस क्षेत्रमा तत्कालिन महारानी रत्न राज्यलक्ष्मी शाहको भ्रमण पछि तत्कालिन देवौली गाउँ पञ्चायतको नाम रत्ननगर गाउँ पञ्चायतमा नाम परिवर्तन गरिएको थियो।[५]
इतिहाससम्पादन
चितवन जिल्लामा रहेका नगरपालिकाहरू मध्ये रत्ननगर घोषणा क्रम अनुसार दोस्रो नगरपालिका हो।[५]
भूगोलसम्पादन
रत्ननगर नगरपालिकाको पूर्वमा खैरहनी नगरपालिका, पश्चिममा भरतपुर महानगरपालिका, उत्तरमा कालिका नगरपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ ३.० ३.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ "Postal Codes of Nepal" [नेपालका हुलाक कोडहरू], नेपाल सरकार, हुलाक सेवा विभाग, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ ५.० ५.१ "नगर परिचय", नगर कार्यपालिका रत्ननगर, रत्ननगर नगरपालिका, अन्तिम पहुँच जनवरी २०२२।