तानसेन नगरपालिका
तानसेन नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सदरमुकाम[२] तथा एक नगरपालिका हो। पाल्पा जिल्लाको तत्कालिन पाल्पा तानसेन इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१४ जेष्ठ १७ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुष २२ गते[३] नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि तानसेन नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'तानसेन नगरपञ्चायत' भएको थियो।[४][५]
तानसेन | |
---|---|
![]() श्रीनगर र तानसेन नगरपालिका | |
निर्देशाङ्क: २७°५२′०″उ॰ ८३°३३′०″पू॰ / २७.८६६६७°N ८३.५५०००°Eनिर्देशाङ्कहरू: २७°५२′०″उ॰ ८३°३३′०″पू॰ / २७.८६६६७°N ८३.५५०००°E | |
देश | ![]() |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | पाल्पा जिल्ला |
नगरपालिका | वि.सं. २०१४ जेष्ठ १७[१] |
समावेश इलाका | तानसेन बजार |
समावेश (गाविस) | बराङ्दी (२-६), मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोक र अर्गली |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुण २२ |
सरकार | |
• मेयर | अशोक कुमार शाही |
• उप मेयर | लक्ष्मी देवी पाठक |
क्षेत्रफल | |
• जम्मा | १०९.८ किमी२ (४२.४ वर्ग माइल) |
उन्नतांश | १,३५० मिटर (४,४३० फिट) |
जनसङ्ख्या | |
• जम्मा | ५०,४०५ |
• घनत्व | ४६०/किमी२ (१,२००/वर्ग माइल) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-७५ |
वेबसाइट | नगरपालिका वेबसाइट |
नेपालको संविधान २०७२ अनुसार वि.सं. २०७३ साल फाल्गुण २२ गते नेपालमा स्थानीय तह कायम गर्दा पाल्पा जिल्लामा साविक बराङ्दी (२-६), मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोक र अर्गली गाउँ विकास समितिहरूलाई समेटेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो।[६]
यो पश्चिम नेपालको एक एतिहासिक सहर हो। यो सहर बुटवल तथा पोखरा भएर जाने राजमार्गमै अवस्थित छ। तानसेन दरबार, रानीमहल, भगवती मन्दिर[७], अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर यहाँका लोकप्रिय पर्यटकीय स्थलहरू हुन्।[८]
इतिहाससम्पादन
शाह राजवंशको उदय हुनुभन्दा अघि तानसेन मगर राज्यको राजधानी थियो। मगर भाषामा 'तानसेन' शब्दको अर्थ 'उत्तरी बस्ती' हुनाले यो सहरको नाम तानसेन राखिएको हो।[९][१०]
जनसङ्ख्यासम्पादन
गण्डकी प्रदेश स्थित पाल्पा जिल्लामा साविक बराङ्दी (२-६), मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोक र अर्गली गाविसहरूलाई मिलाएर तानसेन नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो। नेपालको राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर तानसेन नगरपालिकाको जनसङ्ख्या ५०,४०५ रहेको छ।[११][१२]
भू-वनोटसम्पादन
तानसेन नगरपालिकामा १४ वडाहरू रहेका छन्। तानसेनको कुल क्षेत्रफल १०९.८ वर्ग किलोमिटर रहेको छ। यो नगरपालिकाको पूर्वमा बगनासकाली गाउँपालिका छ भने पश्चिममा रिब्दीकोट गाउँपालिका छन्। यसको उत्तरी भागमा स्याङ्जा जिल्ला छ भने दक्षिणी क्षेत्रमा तिनाउ गाउँपालिका पर्दछ।[१३]
विश्व सम्पदा सूचीसम्पादन
तानसेनको मध्यकालीन सहर क्षेत्रलाई सन् २००८ जनवरी ३० मा युनेस्कोले आफ्नो विश्व सम्पदा क्षेत्रको सम्भावित सूचीको संस्कृति वर्गमा सूचीकृत गरिएको छ।[१४][१५]
मुख्य आकर्षणहरूसम्पादन
शितलपाटीसम्पादन
शितलपाटी तानसेन नगरको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो। यसलाई गोलघर पनि भन्ने गरिन्छ। यस स्थानमा स्थानीय कार्यक्रम तथा स्थानीय मानिसहरूलाई कुराकानी गर्ने स्थानको रूपमा प्रख्यात प्राप्त गरेको छ। गोलघरको संरचना गोलो आकारको एक तल्ले भवन र विचमा खुला स्थान रहेको छ। यो संरचनामा सेतो रङ लगाइएको छ।
सूचना तथा सञ्चारसम्पादन
तानसेन नगरपालिकामा एक टेलिभिजन तथा ३ वटा रेडियो सञ्चार सुविधाका साथै छापा पत्रिकाहरू पनि उपलब्ध छन्।
उल्लेखनीय व्यक्तित्वहरूसम्पादन
- माधवप्रसाद देवकोटा, लेखक
- रामेश्वर श्रेष्ठ, गायक तथा गीतकार
- राजेश हमाल, नेपाली चलचित्र अभिनेता
चित्र दीर्घासम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "पाल्पा नगरपंचायतको उपनिर्वाचनको सदस्य सम्बन्धी", नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१४ असोज २८, अन्तिम पहुँच वि.सं. २०७८ माघ २८।
- ↑ "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ "पञ्चायतले छोडेको लिगेसी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१०।
- ↑ सामाजिक शिक्षा पञ्चायत, कक्षा ८ (pdf) (नेपालीमा), जनक शिक्षा सामग्री केन्द्र, पृ: १५, अन्तिम पहुँच २०२२-०२-१०।
- ↑ प्रधान, पुष्कर (२००३), Manual for Urban Rural Linkage and Rural Development Analysis [शहरी ग्रामीण अन्तरसम्बन्ध र ग्रामीण विकास विश्लेषणको लागि पुस्तिका] (अङ्ग्रेजीमा), न्यु हिरा बुक इन्टरप्राइजेज, पृ: २२२, आइएसबिएन 978-99933-685-2-6।
- ↑ "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११।
- ↑ "पाल्पाको ऐतिहासिक भगवती जात्रा स्थगित", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११।
- ↑ "प्रकृतिकी रानी पाल्पा", समय पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११।
- ↑ "त्यो तानसेन", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११।
- ↑ घर्तीमगर, मनोज, "कल्लाबारीका चार पुस्ते लाहुरे", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाइनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०७२ मङ्सिर २४, अन्तिम पहुँच वि.सं. २०७८ माघ २८।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ केन्द्र, युनेस्को विश्व सम्पदा, "The Medieval Town of Tansen" [तानसेनको मध्यकालीन सहर], युनेस्को विश्व सम्पदा केन्द्र (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-११।
- ↑ श्रेष्ठ, सुदीप, "यसरी पर्न सक्छ काठमाडौं सहर विश्व सम्पदामा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११।