गल्याङ नगरपालिका
गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक नगरपालिका हो।[३] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा मलुङ्ग, जगत्रदेवी, पकवादीको (वडा नं १-७,९), तीनदोबाटेको (वडा नं १,६-९), तुल्सी भञ्ज्याङ, निबुवाखर्क, पेलाकोटको (वडा नं १-४,७-९) र पिंडीखोला गाउँ विकास समितिहरूलाई समेटेर गल्याङ नगरपालिका घोषणा गरिएको थियो।[४][५]
गल्याङ | |
---|---|
गल्याङको वडा विभाजन | |
निर्देशाङ्क: २७°५६′२२″N ८३°३८′०७″E / २७.९३९४२२°N ८३.६३५१५३°Eनिर्देशाङ्कहरू: २७°५६′२२″N ८३°३८′०७″E / २७.९३९४२२°N ८३.६३५१५३°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी |
जिल्ला | स्याङ्जा जिल्ला |
स्थापना | २०७३ साल फाल्गुन २७ गते |
सरकार | |
• नगरप्रमुख | गुरुप्रसाद भट्टराई नेपाली काङ्ग्रेस |
• उपप्रमुख | हेमा न्यौपाने तिमिल्सिना नेपाली काङ्ग्रेस |
क्षेत्रफल | |
• जम्मा | १२२.६९ किमी२ (४७.३७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३७,८०९ |
• घनत्व | ३१०/किमी२ (८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | साविकको जगत्रदेवी गाविसको कार्यालय |
वेबसाइट | galyangmun |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गल्याङ नगरपालिकाको कुल जनसङ्ख्या ३७,८०९ रहेको छ भने यहाँ ८,२७५ घरधुरी रहेका छन्।[२]
भू-वनोट
सम्पादन गर्नुहोस्गल्याङ नगरपालिकामा ११ वडाहरू रहेका छन। गल्याङको कुल क्षेत्रफल १२२.६९ वर्ग किमी छ। यो नगरपालिकाको पूर्वमा चापाकोट नगरपालिका र वालिङ नगरपालिकाहरू पर्दछन् भने पश्चिममा कालीगण्डकी गाउँपालिका र गुल्मी जिल्ला छन्। यसको उत्तरी भागमा पर्वत जिल्ला र दक्षिणी क्षेत्रमा पाल्पा जिल्ला पर्दछ।[४]
गेझा कालिका मन्दिर ग न पा- ९ गेझामा रहेको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
- ↑ ४.० ४.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति