नमोबुद्ध नगरपालिका

काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक नगरपालिका

नमोबुद्ध नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काभ्रेपलाञ्चोक जिल्लामा खनालथोक, मथुरापाटी फूलबारी, मेथिनकोट, पुरानागाउँ दाप्चा, दाप्चा छत्रेबाँझ, डराउने पोखरी यी ६ गाउँ विकास समितिहरूलाई समेटेर नमोबुद्ध नगरपालिका घोषणा गरिएको हो।[३][४] नमोबुद्ध नगरपालिकाको केन्द्रभने भकुण्डेबेशीमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

नमोबुद्ध नगरपालिका
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापनामङ्सिर २०७१
क्षेत्रफल
 • जम्मा७१.४ किमी (२७.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,३२४
 • घनत्व३००/किमी (७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११
वेबसाइटnamobuddhamun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नमोबुद्ध नगरपालिका साविकका खनालथोक, मथुरापाटी फूलबारी, मेथिनकोट, पुरानागाउँ दाप्चा, दाप्चा छत्रेबाँझ, डराउने पोखरी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा नमोबुद्ध नगरपालिकाको कूल जनसङ्ख्या २१,३२४ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्