महागढीमाई नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने बारा जिल्लामा अवस्थित एक नगरपालिका हो।[२]

महागढीमाई नगरपालिका
बाराको गढीमाई मन्दिर
बाराको गढीमाई मन्दिर
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलनारायणी अञ्चल
जिल्लाबारा जिल्ला
स्थापना२०७१ मंसिर १७
सरकार
 • मेयरउपेन्द्र प्रसाद यादव​
 • उप मेयरतारा देवि कानु
क्षेत्रफल
 • जम्मा४०.३ किमी (१५.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९,९७०
 • घनत्व९९०/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५३
वेबसाइटwww.mahagadimaimun.gov

परिचय सम्पादन गर्नुहोस्

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बारामा बरियारपुर, दहियार, बगुआइन, पत्थरहटटी, तेलकुवागंजभवानीपुर गाविसहरू लाई समेटेर महागढीमाई नगरपालिका घोषणा गरिएको हो।[३] महागढीमाई नगरपालिकाको केन्द्रभने बरियारपुर गाविसको कार्यालय रहको छ।[२][४] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[३]

जनसङ्ख्या सम्पादन गर्नुहोस्

महागढीमाई नगरपालिका बरियारपुर, दहियार, बगुआइन, पत्थरहटटी, तेलकुवागंजभवानीपुर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार ६ ठाउँको जनसङ्ख्यालाई जोडेर महागढीमाई नगरपालिकाको जनसङ्ख्या जोड्दा ३९,९७० हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  3. ३.० ३.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक न्यूज, नागरिक न्यूज, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  4. "नगरपालिकामा गाभिएपछि गंजभवानीपुरवासी आन्दोलित", मार्गदर्शन, मार्गदर्शन, २०७१ पुस १३, अन्तिम पहुँच पुस १३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-०९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्