दुल्लु नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लामा पर्ने एक नगरपालिका हो । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा नाउलेकटुवाल,नेपा,पादुका,दुल्लु, छिउडिपुशाकोट तथा बडलम्जी गाउँ विकास समितिपहरू समावेश गरिएका थिए। नेपालको संविधान २०७२ अनुसार नयाँ नेपालको पुनःसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७५३ वटा स्थानीय तहहरू निर्माण गर्ने निर्णय पारित गरेपछि २०७३ साल फागुन २७ गतेका दिन साविकको दुल्लु नगरपालिकाको केही भूभागलाई कटाएर भैरवी गाउँपालिकामा गाभियो भने दुल्लु नगरपालिकामा साविकका गौरी, गमौडी, कालभैरवमालिका गाविसलाई गाभिएको थियो। दुल्लु बजार भएको ठाउँलाई केन्द्र बनाइएको छ। []

दुल्लु नगरपालिका
दुल्लु स्थित राज दरबारको भगनावशेष
दुल्लु स्थित राज दरबारको भगनावशेष
दुल्लु नगरपालिका is located in कर्णाली प्रदेश
दुल्लु नगरपालिका
कर्णाली प्रदेशको नक्सामा दुल्लु नगरपालिकाको अवस्थिति
दुल्लु नगरपालिका is located in नेपाल
दुल्लु नगरपालिका
दुल्लु नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४८′३६″उ॰ ८१°४८′३६″पू॰ / २८.८१०००°N ८१.८१०००°E / 28.81000; 81.81000निर्देशाङ्कहरू: २८°४८′३६″उ॰ ८१°४८′३६″पू॰ / २८.८१०००°N ८१.८१०००°E / 28.81000; 81.81000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखभरतप्रसाद रिजाल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखविना कार्की (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१५६.७७ किमी (६०.५३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९,१४३
 • घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको दुल्लु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुल्लु नगरपालिकाको कुल जनसङ्ख्या ३९,१४३ रहेको छ भने यहाँ ९,०५३ घरधुरी रहेका छन्।[]

दुल्लुको अक्षांश र देशान्तर छ। २८.८७ डिग्री उत्तर देखी ८१.६ डिग्री पूर्व रहेको छ।[] समुद्र सतह भन्दा यो ठाउँ १२३६ मिटर (४०५५ फिट) माथि पर्दछ । दुल्लु एक पहाडी नगरपालिका हो। यहाँको समस्त भु-भाग पहाडले घेरिएको छ। दक्षिणमा गमौडी गा.वि.स., मालिका गा.वि.स.लोहोरे खोला उत्तरमा पादुका खोला,भैरीकालिकाथुम पुर्वमा रावतकोटछामघाट खोला, पश्चिममा कर्णाली नदीले दुल्लुको सिमाना छुट्याएको छ । यस नगरपालिकाको कुल क्षेत्रफल १५६.७७ वर्ग किलोमिटर (६०.५३ वर्ग माइल) रहेको छ । []

बाइसेचौबिसे राज्य कालमा दुल्लु राज्यको राजधानीको रूपमा चर्चित दुल्लु खस राजा नागराजको शित कालिन राजधानी रहेको कुरा ऐतिहासीक वर्णनहरूमा उल्लेख पाइन्छ। नेपाल एकिकरणको क्रममा गोर्खाका राजकुमार बहादुर शाहले विक्रमको १७ औँ शताब्धीको अन्त तिर दुल्लु राज्य नेपालमा गाभिए पनि २००७ सालको प्रजातन्त्र प्राप्ति पछि मात्र दुल्लु राज्य भुरे राजाको शासनबाट मुक्त भएको थियो। दुल्लु कृतिखम्म स्थित नेपाली भाषाकै पहिलो शिलालेख मानिने दामुपालको शिलालेख, कृतिखम्ब, धर्मगद्धी, पौवा जस्ता अन्य शिलालेखमा दुल्लुको ऐतिहासीक वर्णन कुदिएको छ। २०१८ सालदेखी दुल्लु एक गाउँ विकास समितिमा मात्र सिमित रहन पुगेको थियो। पछि गएर दुल्लुलाई २०७१ साल बैशाख देखी यसका आसपासका गा.वि.स.हरू नेपा, नाउलेकटुवाल, छिउडिपुशाकोट, बडलम्जीपादुका लाई जोडेर नगर पालिका घोषणा गरिएको थियो यसैगरी २०७३ सालमा यस क्षेत्रका साविकका गौरी, गमौडीमालिका लाई पनि यसै नगरपालिकामा जोडिएको छ । खस राजा नागराजको सितकालिन राजधानीको रूपमा रहेको दुल्लुलाई प्राचिन कालमा दुर्लङ्घ्य पर्वत अथवा दुर्लङ्घ्य देश भनिन्थ्यो। वि.सं. १४५३ बैशाख पुर्णिमाको दिन तत्कालिन खस राजा संसारी वम्मले दुल्लु राज्यको स्थापना गरेर आफू राजसिंहासनमा बसेको कुरा ऐतिहासिक वर्णनहरूमा उल्लेख पाइन्छ।[] संसारी वम्मको पालामा दैलेखको बेलासपुर राज्य पनि दुल्लु राज्य अन्तर्गत पर्दथ्यो। त्यस बेला यो राज्यको सिमाना पूर्वमा जाजरकोट राज्य, पश्चिममा डोटी राज्य, उत्तरमा जुम्ला राज्य र दक्षिणमा धुलिकोट राज्य सम्म रहेको थियो।[] आधुनिक दैलेख जिल्लाको सम्पूर्ण भु-भाग यो राज्यमा समेटिएकोले यो राज्यलाई नै दैलेख राज्य भनिन्थ्यो। विभिन्न शिलालेखहरूमा यस ठाउँलाई दुर्लभप्रदेश, दुल्लु, दुर्लङ्घ्य नगर भनेर लेखिएको छ। यी नामहरू कसरी रहन गएका हुन् भन्ने कुरा एकिन गर्ने कुनै ठोस प्रमाण न भेटिए पनि बालेश्वर शिवालयधुलेश्वर पर्वतको विचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम "दुलो" भएको र पछि दुल्लु राखिएको हो भन्ने कुरा स्थानिय जनश्रुतीमा भेटिएको छ।[] संसारी वम्मपछी वि.सं. १४७५ मा दुल्लु राज्य टुक्रिएर दैलेखतर्फ बेलासपुर राज्यको स्थापना हुन गयो। त्यसपछी दुवै राज्यको सिमाना विचमा पर्ने छामघाटले छुट्याएको थियो। राज्य टुक्रिएपछी संसारी वम्मका भतिजा पर्वता वम्मले दुल्लुमा राज्य गर्न थाले भने संसारी वम्मका छोरा श्रीबम्म बेलासपुरमा राज्य गर्न थाले।[] संसारी वम्मपछी दुल्लुमा क्रमश: पर्वता वम्म, पृथ्वी वम्म, पिरोजी शाहीले राज्य गरेका थिए। प्रताप शाहीका पालामा छोटो समयकालागी दुल्लु र बेलासपुर राज्य एउटै राज्यको रूपमा एकिकृत भएको थियो।[] त्यसपछी प्रताप शाहीले राजगद्दी छोडेर खलेटाकुरा भन्ने ठाउँमा बस्न गए। यसरी दुल्लुको राजसिंहासन खाली भएकाले दुल्लुका जनताले छडुङका राजा अथवा प्रताप शाहीका माहिला छोरा जसराजलाई ल्याएर दुल्लुमा अस्थाइ राजा बनाएका थिए। त्यसको लगत्तै प्रताप शाहीका जेठा छोरा मान शाही दुल्लुका राजा भए।[] बुढा राजा प्रताप शाहीको सक्रियतामा वि.सं. १६२५ मा दुल्लुका राजा मान शाही र बेलासपुरका राजा संग्राम शाहीका बीच आपसी सल्लाह गराई शिरस्थानमा संयुक्त ताम्र पत्र जारी गराए।[] मान शाही पछि क्रमश: मेघमल शाह, मीहिन्द्र शाह, माधव शाह, विजै शाह, पृथ्वीपति शाह, विक्रम शाही, रामदत्त शाही, उत्तिम शाहीले राज्य गरे। राजा उत्तिम शाहीका पालामा वि.सं. १८४६ कात्तिक २१ गतेका दिन सोमवारका दिन दुल्लु राज्य नेपाली सेनाको अधिनस्थ भयो। [] राजा उत्तिम शाही गोर्खाली सेनाको पक्षमा थिए। नेपाली सेनाको पश्चिम विजय अभियानमा उत्तिम शाहीले उत्तराखंडमा कुमाउका राजा महेन्द्र चन्दको सेनासँग लड्दा लड्दै विरगती प्राप्त गरेका थिए। उत्तिम शाहीले वीरगती प्राप्त गरेको बेला उनकी पत्नी गर्भवती थिइन्। नेपाली सेनालाई सहयोग गर्दा गर्दै लडाइँ मैदानमा नै वीरगती प्राप्त गरेकाले उत्तिम शाहीका संतानहरूलाई जिवनवृतीको व्यवस्था मिलाउनु पर्ने भएकोले उत्तिम शाहीका छोरा रुद्र शाही तन्नेरी भएपछी उनलाई तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहले दुल्लु राज्यको पुनस्थापना गरेर राजा घोषित गरेका थिए।[] यस राज्यले तल्लो माझखंडदरा, माथिल्लो माझखंडदरा, आठबीसदरा र दैलेख नयाँबस्तीदरा क्षेत्रको पञ्चखत सहितको मुद्दामामिला हेर्ने र राजस्व सङ्कलन गर्ने अधिकार पाएको थियो। त्यस पछि दुल्लुमा क्रमश: श्रीभक्त शाह, भक्त बहादुर शाह, पृथ्वी नारायण शाह, उदय रत्न शाह, पुण्य रत्न शाहले राज्य गरेका थिए। त्यसपछी फेरी दुल्लुमा राज्यको वैध उत्तराधिकारीका सम्बन्धमा विवाद उत्पन्न हुन गयो। पुण्य रत्न शाहका बाबु उदय रत्न शाहले 'सि' क्लास राणाजीकी छोरी विवाह गरेका थिए। राणा खानदानबाट विवाह गरिएका रानीहरूबाट जन्मेका सन्तानहरूलाई वास्तवीक रास्कोटी ठकुरी मान्न नमिल्ने र धर्मगद्दी तथा पञ्चकोशीको पूजाआजा पनि रास्कोटी ठकुरी बाहेक अन्य जातका ठकुरीहरूले गर्न नमिल्ने भएकाले रास्कोटीहरूको राज्य अधिकार रास्कोटीहरूले नै पाउनु पर्ने जिकिर सहित पृथ्वी नारायण शाहका माइला छोरा जंग बहादुर शाहले काठमाडौँ दरबारमा उजुर हालेका थिए। सोही माग दाबी आधारमा वि.सं. १९८१ असार १३ गतेका दिन सदर लालमोहर बमोजिम पृथ्वी नारायण शाहका माहिला छोरा जंग बहादुर शाह दुल्लुका राजा घोषीत भए । []

अन्ततः राज्य रजौटा उन्मूलन ऐंन २०१९ बमोजीम वि.सं. २०१९ सालमा दुल्लु राज्य बिघठन भएर दैलेख जिल्लामा गाभिएको थियो। दैलेख जिल्लामा गाभिएपछी दुल्लु राज्यका सबै दराहरूलाई बाँडेर तत्कालिन गाउँ पञ्चायत बनाइएका थिए भने दुल्लूलाई पनि एक पञ्चायत घोषणा गरिएको थियो। २०४६ पछि यि गाउँ पञ्चायतहरूलाई गा.वि.स. भनिन थालियो। दैलेख जिल्लाको क्षेत्र नंवर २ कालागी दुल्लुमा अधिकांश शाखा कार्यलयहरू स्थापना गरियो। त्यस पछि वि.सं. २०७१ बैशाख देखी दुल्लु आसपासका गा.वि.स.हरूलाई जोडेर दुल्लु नगरपालिका घोषित भयो।

दुल्लु राज्यका राजाहरूको वंशावली

सम्पादन गर्नुहोस्

दुल्लु राज्यमा राज्य गरेका राजाहरूको विवरण निम्न प्रकार रहेको छ:-[]

क्र.सं. राजाको नाम ज्ञात कार्यकाल प्रमाण
संसारी वर्मा वि.सं. १४५३ दुल्लु, मायारामबाट प्राप्त ताम्रपत्र
पर्वता वम्म (संसारी वर्माका भतिजा वि.सं. १४७५ रासकोटी वंसावली
पिथै वम्म वि.सं. १५०९ दानपत्र (इतिहास प्रकाश, पृ. १४५)
पिरोजी शाही - रास्कोटी वंशावली
प्रताप शाही वि.सं. १६२५, वि.सं. १६२५, वि.सं. १६३९' शिरस्थान ज्वाला मन्दिर अभिलेख, दुल्लु गोमती धारा अभिलेख, लाटिकोइली शिवालय अभिलेख
मान शाही वि.सं. १६३९ शिरस्थान ज्वाला मन्दिर अभिलेख
मेघमल शाह - रास्कोटी वंशावली
मिहिन्द्र शाही - रास्कोटी वंशावली
माधव शाह - रास्कोटी वंशावली
१० विजै शाह - रास्कोटी वंशावली
११ पृथ्वीपति शाह - रास्कोटी वंसावली
१२ श्री ५ विक्रम शाह वि.सं. १७६७ - १७६९ -
१३ रामदत्त शाही - रास्कोटी वंशावली
१४ उत्तिम शाही वि.सं. १८४६ कर्तिक -
१५ रुद्र शाही - -
१६ श्रीभक्त शाही - -
१७ भक्त बहादुर शाह वि.सं. १८९२ शिरस्थान अभिलेख
१८ पृथ्वीनारायण शाह वि.सं. १९४६ - १९६३ लालमोहर
१९ उदयरत्न शाह वि. सं.१९६४ - १९६७ लालमोहर
२० पुण्यरत्न शाह वि.सं.१९६८ - १९८१ लालमोहर
२१ जङ्ग बहादुर शाह वि.सं. १९८१ - २०१९ वि.सं. १९८१ को लालमोहर, राजा रजौटा उन्मुन ऐन २०१९

उपलब्ध प्रमाणहरूमाका आधारमा दुल्लु राज्यका १४ औँ राजा उत्तिम शाहीपछी १८ औँ राजा पृथ्वी नारायण शाहका बीचको १०० वर्षको अवधीमा कम्तिमा पनि ५ वटा राजाहरू देखिनु पर्नेमा जम्मा ३ वटा मात्र राजा देखिनु ऐतिहासीक तथ्यसँग मेल खाँदैन। दुल्लु वंशावली तथा अन्य प्रमाणहरूका आधारमा रुद्र शाही, श्रीभक्त शाह र भक्त बहादुर शाह बाहेक अन्य नामको पनि सम्भावना छैन। तसर्थ श्री ५ रणबहादुर शाहको राज्यकालमा १८४६ मा दुल्लु राज्य गोर्खाली सेनाद्वारा अधीनस्थ भएको करिब ३५/४० वर्षपछी श्री ५ गीर्वाणयुद्ध विक्रम शाहको राज्यकालमा मात्र दुल्लु राज्यले रजौटाको मान्यता प्राप्त गरेको देखिन्छ। यसै कारणले गर्दा आफू जन्मनु अगावै गुमेको राज्यमा आफ्नो बुढेशकालमा मात्र रुद्र शाही राजा भएकोले १०० वर्षको अवधीका बीचमा तिनवटा मात्र राजा भएको कुरा मिल्न आउँछ।[]

नाउलेकटुवाल, नेपा, पादुका, दुल्लु, छिउडिपुशाकोट तथा बडलम्जी गाविसहरूलाई मिलाएर दुल्लु नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३०,४५७ रहेको थियो । अब यस नगर पालिकाको नयाँ संरचनामा मालिका, गौरी, कालभैरवगमौडी गाविसहरूलाई यस नगरपालिकामा जोड्नुको साथै साविकका यस नगरपालिकाको केही भूभागलाई छुट्टाएर भैरवी गाउँपालिका बनाए पछि यस नगरपालिकाको कुल जनसङ्ख्या ४१,५४० रहेको छ । []

धार्मिक तथा पर्यटकिय स्थलहरू

सम्पादन गर्नुहोस्
 
दुल्लुस्थित पृथ्वीमल्लको कीर्तिस्तम्भ

दुल्लु बाइसे राज्यकालको एक शक्तिशाली राज्य भएकोले यस क्षेत्रमा थुप्रै धार्मिक तथा पर्यटकिय स्थलहरू, शिलालेख, अभिलेखहरू रहेका छन्। दुल्लु नगरपालिकामा रहेका केही महत्त्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरू यसप्रकार रहेका छन्:-

यि लगायत यस क्षेत्रमा थुप्रै शिलालेख वीरखम्बा, ढुङ्गेधारा, मन्दिर तथा देवलहरू र नाउलीहरू रहेको छन्।

यी पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "दुल्लु नगर पालिकाको संक्षिप्त परिचय" (नेपालीमा), www.dullumun.gov.np। 
  4. "Dullu", Falling Rain Genomics, Inc, अन्तिम पहुँच सेप्टेम्बर २८ 
  5. "स्थानीय तहहरूको विवरण", www.mofald.gov.np/en (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच ७ जुलाई २०१८ 
  6. ६.०० ६.०१ ६.०२ ६.०३ ६.०४ ६.०५ ६.०६ ६.०७ ६.०८ ६.०९ ६.१० ६.११ विश्व के.सी. (पोखरेल)द्वारा लिखित किर्तिखम्ब नामक पूस्तक पहिलो संस्करण पृष्ठ संख्या २९-३२
  7. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्