सुदूरपश्चिम प्रदेश

नेपालको प्रदेश

सुदूरपश्चिम प्रदेश[१] नेपालको संविधान २०७२ ले वि. सं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो। यो प्रदेशले उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा कर्णाली प्रदेशलुम्बिनी प्रदेशभारतको उत्तराखण्डकोपश्चिम र दक्षिणमा उत्तर प्रदेशसँग सीमा जोडेको छ। जनसङ्ख्या र अर्थतन्त्रका हिसाबले प्रमुख तीन सहरहरू धनगढी, भीमदत्त (महेन्द्रनगर) र टीकापुर हुन्।

सुदूरपश्चिम प्रदेश
Mt Saipal.png
Api Nampa.JPG
Ghoda Ghodi Lake.JPG
Beautiful lake located at the far-west Nepal.jpg
Suklaphanta Wildlife Reserve 1.jpg
Badimalika Temple, Bajura, Nepal.jpg
सुदूरपश्चिम प्रदेशको स्थान
सुदूरपश्चिम प्रदेशको स्थान
निर्देशाङ्क: २८°४२′१२″उ॰ ८०°३४′०१″पू॰ / २८.७०३३३°N ८०.५६६९४°E / 28.70333; 80.56694निर्देशाङ्कहरू: २८°४२′१२″उ॰ ८०°३४′०१″पू॰ / २८.७०३३३°N ८०.५६६९४°E / 28.70333; 80.56694
देश नेपाल
गठन२०७२ असोज ३
राजधानीधनगढी
सबैभन्दा ठूलो सहरधनगढी
जिल्ला
सरकार
 • प्रकारस्वशासित प्रदेश
 • अङ्गसुदूरपश्चिम प्रदेश सरकार
 • प्रदेश प्रमुखदेवराज जोशी
 • मुख्यमन्त्रीकमलबहादुर शाह (नेपाली कांग्रेस)
 • उच्च अदालतदिपायल उच्च अदालत
 • प्रदेश सभाएकसदीयवाद (५३ सीटहरू)
क्षेत्रफल
 • जम्मा१९,५१५.५२ किमी (७,५३४.९८ वर्ग माइल)
क्षेत्रफल क्रम६ औं
जनसङ्ख्या
 • जम्मा२,७११,२७०
 • क्रम५ औं
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
 • घनत्व क्रम५ औं
वेबसाइटsudurpashchim.gov.np

इतिहाससम्पादन

डोटी कुमाउँको सुदूर पश्चिमी क्षेत्रमा रहेको एउटा पुरानो राज्य थियो जुन १३ औं शताब्दीमा कुमाउको कात्युरी राज्यको विघटनपछि गठन भएको थियो।[२] १७९० मा नेपाल अधिराज्य विस्तारको अवधिमा खस डोटी राज्यनेपाल बीचको युद्धको ऐतिहासिक स्थान नेपालको इतिहास अनुसार सेती नदीको किनारमा रहेको नारी-दाङ हो।[३]

राजा दीप शाहीलाई सन् १७९० मा नेपालबाट निष्कासित गरियो र अवधको तराई (अहिले भारतको उत्तर प्रदेशको लखिमपुर खेरी जिल्ला) पुगेर उनले ब्रिटिश भारत अन्तर्गत खैरीगढमा खैरगढ-सिंघाई राज्य स्थापना गरे।[४] उनको राज्य भारतको स्वतन्त्रता पछि सन् १९४७ मा भारतमा विलय भएको थियो।[४]

प्रशासनिक उपविभागहरूसम्पादन

प्रदेशलाई ९ जिल्लामा विभाजन गरिएको छ, जसको नाम तल दिइएको छ। जिल्लालाई जिल्ला समन्वय समितिको प्रमुख र जिल्ला प्रशासन अधिकारीले व्यवस्थापन गर्ने गर्दछ। जिल्लाहरूलाई थप नगरपालिका वा गाउँपालिकामा विभाजन गरिएको छ। प्रदेशमा एक उपमहानगरपालिका र ३३ नगरपालिका र ५४ गाउँपालिका रहेका छन्।

  1. बाजुरा
  2. बझाङ
  3. डोटी
  4. अछाम
  5. दार्चुला
  6. बैतडी
  7. डडेल्धुरा
  8. कञ्चनपुर
  9. कैलाली

सरकारसम्पादन

सुदूरपश्चिम प्रदेशमा नेपालका अन्य प्रदेशहरू जस्तै एक सदनात्मक व्यवस्थापिका छ।[५] प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुन्छ।[५] सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अस्थायी रूपमा धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बसेको छ।[५] प्रदेशमा ५३ प्रदेश सभा र १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्।[६]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Province 7 named Sudurpashchim, Godawari capital-Kathmandu Post Online
  2. Dr.Y.S Kathoch, A New History of Uttarakhand; On Katyuri Dynasty "Around,13th Century Katyuri Dynasty established in Ranachulihat was broken into many sections" Doti was among them
  3. Dr. Madam Chandra Bhatt; A New History of Uttarakhand (2006): " Champawat ke Chand Raja.
  4. ४.० ४.१ [१]
  5. ५.० ५.१ ५.२ "Preparations underway for assembly meeting", The Himalayan Times (en-USमा), ३१ जनवरी २०१८, अन्तिम पहुँच २८ अप्रिल २०१८ 
  6. "CDC creates 495 constituencies", The Himalayan Times (en-USमा), ३१ अगस्ट २०१७, अन्तिम पहुँच २७ अप्रिल २०१८