बरहथवा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सर्लाहीमा बरहथवा, मुर्तिया, हजरीयालौकट यी ४ गाउँ विकास समितिहरूलाई समेटेर बरहथवा नगरपालिका घोषणा गरिएको हो।[४] बरहथवा नगरपालिकाको केन्द्र साबिकको बरहथवा गाउँ विकास समितिको बरहथवा बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

बरहथवा नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासर्लाही जिल्ला
स्थापना२०७२ असोज १
सरकार
 • मेयरकल्पना कुमारी कटुवाल
 • उप मेयररामबाबु प्रसाद साह
क्षेत्रफल
 • जम्मा७१.४ किमी (२७.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५०,४२४
 • घनत्व७१०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६
वेबसाइटbarhathwamun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

बरहथवा, मुर्तिया, हजरीयालौकट यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर बरहथवा नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बरहथवा नगरपालिकाको जनसङ्ख्या ५०,४२४ रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्