कृष्णपुर नगरपालिका
कृष्णपुर नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। यो नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका घोषणा गरिएको हो।[१] कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरपालिका हो । कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा रहेको साविक कृष्णपुर नगरपालिका, साविक रैकवार विचवा गा.वि.स र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को क्षेत्रफल भित्र पर्ने सम्पूर्ण क्षेत्र कृष्णपुर नगरपालिका हो । वि.सं. २०६८ को जनगणा अनुसार यस नगरपालिकामा १०,०१६ घरधुरी र ५६,१२० जनसंख्या रहेकोमा हाल बृद्धि भएको अवस्था छ । वि.स. २०७४ को स्थानिय तहको निर्वाचनको तथ्याङ्क अनुसार कुल मतदाता २९,४१५ रहेको छ ।
कृष्णपुर नगरपालिका | |
---|---|
आदर्श वाक्य(हरू): सम्बृद्ध कृष्णपुर नगरको आधार, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन र पूर्वाधार | |
देश | ![]() |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कञ्चनपुर जिल्ला |
स्थापना | २०७२ आस्विन १ |
सरकार | |
• मेयर | हेमराज ओझा |
• उप मेयर | द्रोपदी राना |
क्षेत्रफल | |
• जम्मा | २५५.२ किमी२ (९८.५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३६,७०६ |
• घनत्व | १४०/किमी२ (३७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-९९ |
वेबसाइट | krishnapurmun |
भुगोल सम्पादन
भौगोलिक स्थितीः
सुदूरपश्प्रचिम प्रदेश
जिल्लाः कञ्चनपुर
सिमानाः
पुर्वः कैलाली जिल्लाको गोदावरी नगरपालिका
पश्चिमः शुक्लाफाँटा नगरपालिका
उत्तरः चुरे पर्वत
दक्षिणः लालझाडी गाउँपालिका
अवस्थितीः
२८ डिग्रि ३२ मिनेट उत्तर देखी २९ डिग्री २८ मिनेट अक्षांश
८० डिग्रि ०३ मिनेट देखि ८० डिग्री ३३ मिनेट पूर्व देशान्तर
समुद्री सतहबाट १०० मी. देखी १००० मी.
कुल क्षेत्रफलः
(साविक कृष्णपुर नगरपालिकाको १५६.२० वर्ग कि.मि., साविक रैकवार गा.वि.स को ८१ वर्ग कि.मि. र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को १८ वर्ग कि.मि.) गरी जम्मा २५५.२० वर्ग कि.मि. रहेको छ ।
कृष्णपुर नगरपालिकासंग उत्तरमा डडेल्धुराको चुरे पहाड, पूर्वमा कैलाली जिल्ला दक्षिणमा देखतभुली गा. वि. स. र पश्चिममा झलारी गा.वि. स.सँग सिमाना जोडिएको छ।कृष्णपुर नगरपालिकाको पूर्वमा मोहना नदी र पश्चिममा बनारा नदीले सिमाना छुट्याएको छ।
कला र संस्कृति सम्पादन
कृष्णपुर नगरपालिका मा विभिन्न जातजाति हरूको बसोबास छ।यो क्षेत्रका आदीबासी जनजाति थारुहरू हुन।यो क्षेत्रमा अन्य सुदूरपश्चिमका पहाड़ी जिल्लाबाट बसाई सरी आउने पहाडी समुदायको बाहुल्यता रहेको छ।अधिकांस मानिसहरू हिन्दु धर्म मान्दछन।थारूहरूले माघि धुमधामका साथ मनाउछन भने रानाहरू विशेषतः होली धुमधामसँग मनाउछन।
शैक्षिक संस्थाहरु सम्पादन
1) कञ्चन बहुमुखी क्याम्पस, गुलरिया
2) उदय सरस्वती बहुमुखी क्याम्पस, बंक
3) राष्ट्रिय उच्च माध्यमिक विद्यालय, पहरिया
3) कृष्ण उच्च मा वि, गुलरिया
4) कञ्चनजंघा उच्च मा वि, गुलरिया
5) रोजी बोडिङ स्कूल, बंक
6) सनलाईट बोडिङ स्कूल, बाणी
7) श्री महाकाली उच्च मा वि गुलरिया
स्थानीय बजारहरु सम्पादन
● बंक बजार
जनसङ्ख्या सम्पादन
गुलरिया क्षेत्र गाउँ विकास समितिलाई मिलाएर कृष्णपुर नगरपालिका बनाइएको हो।[२] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार कृष्णपुर नगरपालिकाको जनसङ्ख्या ३६,७०६ रहेको छ।[२]
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य कडीहरू सम्पादन
यो पनि हेर्नुहोस् सम्पादन
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |