अमरगढी नगरपालिका
सुदुरपश्चिम प्रदेशको नगरपालिका
अमरगढी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। ऐतिहासिक अमरगढी किल्लाको काखमा रहेको यो नगरपालिकाको नामाकरण राष्ट्रिय विभूति अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखिएको छ।[४] अमरगढीलाई वि.सं. २०५३ माघ ११ गते तत्कालिन सरकारद्वारा नगरपालिका घोषणा गरि चार किल्ला तोकिएको थियो।
अमरगढी | |
---|---|
निर्देशाङ्क: २९°१८′००″उ॰ ८०°३४′४७″पू॰ / २९.३००००°N ८०.५७९७२°Eनिर्देशाङ्कहरू: २९°१८′००″उ॰ ८०°३४′४७″पू॰ / २९.३००००°N ८०.५७९७२°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | डडेल्धुरा जिल्ला |
स्थापना | वि.सं. २०५३ माघ ११[१] |
समावेश (गाविस) | डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा, उग्रतारा र भूमिराज |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
सरकार | |
• नगरप्रमुख | डिल्लीराज जोशी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | पार्वतीदेवी झुकाल (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १३९.३३ किमी२ (५३.८० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,१४९ |
• घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अमरगढी नगरपालिकाको कुल जनसङ्ख्या २४,१४९ रहेको छ भने यहाँ ६,१८२ घरधुरी रहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "सूचनाको हक कार्यान्वयनले नमुना बन्यो अमरगढी नगरपालिका", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- ऐतिहासिक अमरसिंह गढी किल्ला- कान्तिपुर वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-१६ मिति
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अमरगढी नगरपालिका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।