म्याङलुङ नगरपालिका
म्याङलुङ नगरपालिका तेह्रथुम जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[३] २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका म्याङलुङ, ताम्फुला, पिप्ले, आम्बुङ, सावला र जिरिखिम्ती गाविसहरू यसमा गाभिएका थिए। यो जिल्लाको सदरमुकाम समेत हो।
म्याङलुङ नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°Eनिर्देशाङ्कहरू: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | तेह्रथुम |
स्थापित | २५ वैशाख २०७१ |
सरकार | |
• नगरप्रमुख | सञ्जयकुमार तुम्वाहाङफे (नेकपा (एमाले)) |
• उपप्रमुख | जमुनादेवी सुवेदी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १००.२१ किमी२ (३८.६९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,७५० |
• घनत्व | १९०/किमी२ (४८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार म्याङलुङ नगरपालिकाको कुल जनसङ्ख्या १८,७५० रहेको छ भने यहाँ ४,८७२ घरधुरी रहेका छन्।[२]
नामकरण
सम्पादन गर्नुहोस्म्याङ्लुङ नाम कसरी रहन गयो भन्ने रोचक कथा छ । लिम्बू भाषामा 'म्याउँ'को अर्थ बिरालो र 'लुङ्ग'को अर्थ ढुङ्गा हुन्छ । म्याउलुङबाट अपभ्रंश भई म्याङलुङ भएको स्थानीय बूढापाकाहरूको भनाइ छ । प्रचलित लोककथा अनुसार धेरै पहिले डाँडाको एक चौतारामा दुइ ढाक्रे बास बस्न पुगेछन् । रातको समयमा खाना पकाउन ढुङ्गा खोजी चम्का लगाएर खाना पकाउन लाग्दा आगोको तापसँगै उक्त ढुङ्गा काँप्न थाल्यो । उक्त ढुङ्गा निकै तातेपछि काँप्दै लड्न पुग्यो र उनीहरूको खानासमेत पोखियो । रिसको झोकमा उनीहरूले सो ढुङ्गामा तरबार प्रहार गरे, तरबार प्रहारका क्रममा ढुङ्गाबाट म्याउँको आवाज आएको र त्यसबाट रगतसमेत बगेका कारण ढाक्रेहरू डराएछन् । उनीहरूले यो कुरा स्थानीय बासिन्दाहरूलाई सुनाए । उक्त घटना सुनिसकेपछि गाउँलेहरूले अब अनिष्ट हुने भयो भनी सो ढुङ्गालाई बाजागाजासहित हालको म्याङलुङ बजारको मध्यभागमा रहेको चौताराको वरको रूखको फेदमा स्थापित गरे । त्यहाँ पूजाआजा गर्ने, भाकल गर्ने र बलि चढाउने चलन अहिले पनि छ । यहाँको हावापानी मध्यम खालको भएकाले वातावरण रमणीय छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति