चाँगुनारायण नगरपालिका
चाँगुनारायण नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा चाँगुनारायण, झौखेल, दुवाकोट र छालिङ यी ४ गाउँ विकास समितिहरूलाई समेटेर चाँगुनारायण नगरपालिका घोषणा गरिएको हो।[३][४] चाँगुनारायण नगरपालिकाको केन्द्रभने चाँगुनारायण गाविसको नारायणटारमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
चाँगुनारायण नगरपालिका | |
---|---|
![]() चाँगुनारायण नगरपालिकाको दृश्य | |
देश | ![]() |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | भक्तपुर जिल्ला |
स्थापना | मंसिर २०७१ |
सरकार | |
• मेयर | सोम प्रसाद मिश्र |
• उप मेयर | विणा वास्तोला |
क्षेत्रफल | |
• जम्मा | २७.९ किमी२ (१०.८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३२,५२२ |
• घनत्व | १२००/किमी२ (३०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१ |
वेबसाइट | changunarayanmun.gov.np |
जनसङ्ख्या सम्पादन
चाँगुनारायण नगरपालिका साविकका चाँगुनारायण, झौखेल, दुवाकोट र छालिङ गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा चाँगुनारायण नगरपालिकाको कूल जनसङ्ख्या ३२,५२२ हुन्छ।[१]
भौगोलिक अवस्थिति सम्पादन
समुन्द्री सतहबाट १३७२ देखी २१९१ मिटर उचाईमा रहेको नगरपालिकाको पूर्वमा मण्डन मण्डनदेउपुर नगरपालिका, काभे्र, पश्मिमा कागेश्वरी–मनोहरा नगरपालिका,काठमाडौँ र मध्यपुर ठिमी नगरपालिका,भक्तपूर,उत्तरमा शंखरापुर नगरपालिका,काठमाडौँ र दक्षिणमा सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिका रहेको छ ।
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
बाह्य कडीहरू सम्पादन
यो पनि हेर्नुहोस सम्पादन
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |