विदुर नगरपालिका

विदुर नगरपालिका काठमाडौँ उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामवाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित २०७३ साल फाल्गुण २७ गतेबाट सञ्चालनमा आएको हो । १३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर बनेको छ ।  १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर  गठन भएको हो । पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा मेघाङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेल्कोटगढी नगपालिका पर्दछ ।

अर्जुन नरसिंह केसी, नुवाकोटमा जन्मेका पूर्वशिक्षा, स्वास्थ्य, आवास तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रि एवं नेपाली कांग्रेसका बरिष्ठ प्रभावसाली नेता |
विदुर नगरपालिका जनप्रतिनिधिहरु
पद नाम
मेयर सञ्जु पण्डित
उपमेयर गिता कुमारी दाहाल
प्रमुख प्रशासकिय अधिकृत सुदेब कुमार पोखरेल
जनप्रतिनिधिको नामावली
वडा नम्बर १ लेनिन रञ्‍जित
वडा नम्बर २ विरेन्द्र कुमार शाही
वडा नम्बर ३ बद्री प्रसाद रिमाल
वडा नम्बर ४ टलकमान श्रेष्ठ
वडा नम्बर ५ शिव कुमार चित्रकार
वडा नम्बर ६ राजू सडौला
वडा नम्बर ७ महेन्द्र तमाङ
वडा नम्बर ८ फई सिं तामाङ
वडा नम्बर ९ शनि चित्रकार
वडा नम्बर १० गणेश कुमार नेपाल
वडा नम्बर ११ तोयानाथ तिम्सीना
वडा नम्बर १२ सिताराम अर्याल
वडा नम्बर १३ दल बहादूर तमाङ

नक्सासम्पादन

Map of Bidur Municipality
Update map


वडा नं. समावेश भएका साविक गाविस/नपाहरु साविक वडा नं.
विदुर १,१०,११
विदुर २,३
खड्गभञ्ज्याङग् ४-९
विदुर
विदुर ५,७
विदुर
चारघरे १,२
तुप्चे १,२,३,४,५,७
विदुर
तुप्चे ६,८
विदुर
तुप्चे
१० गेर्खु ३,४,७,९
११ गेर्खु १,२,५,६,८
१२ चारघरे ३-९
१३ कल्याणपुर १-९

ऐतिहासिक पृष्ठभुमिसम्पादन

प्रख्यात साततले दरवारका साथै मल्लकालिन पुरातात्विक दरवार र प्रसिद्ध भैरवी मन्दिर, जालपा देवी मन्दिर लगायतका स्थलहरू समेटिएको यो नगरपालिका ऐतिहासिक धरोहरको धनि मानिन्छ । जिल्लाको सदरमुकाम नुवाकोटलाई विदुरमा सार्नु पूर्व यस नगरपालिका भित्र पर्ने ऐतिहासिक नुवाकोट वजार ईतिहासमा पश्चीम १ नं. (नुवाकोट, धादिङ्ग र रसुवा ) को सदरमुकाम थियो भने पश्चीम १ नं. गौडाको पुरानो व्यापारिक केन्द्र सांघुवजार (हालको त्रिशुली वजार) पनि यस नगरपालिका भित्रको १ नं. वडामा पर्दछ ।

सन्दर्भ सामग्रीहरूसम्पादन