शुक्लाफाँटा नगरपालिका
नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने यो नगरपालिका नेपाल सरकारको मिति २०७१ मंसिर १६ गतेको निर्णय अनुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुनुपूर्व झलारी, पिपलाडी र देखतभुलीका वडा नं ४ र ६ गरी तिन वटा गाविस थिए र तीन वटा गाविसका वडाहरू समायोजन भै शुक्लाफाँटा नगरपालिका बनाईएको हो।[१] नेपाल सरकारको मन्त्री परिषदको मिति २०७३ फाल्गुण ०९ गतेको निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो शुक्लाफाँटा नगरपालिकामा जम्मा १२ वटा वडा मिलेर बनेको छ। जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि. टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्त्व र विशेषता बोकेको छ। यस नगरपालिका क्षेत्रमा सबै जातजाति धर्म तथा क्षेत्रका मानिसहरूको मिश्रित बसोवास रहेको छ।[२]
शुक्लाफाँटा | |
---|---|
![]() शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तरगत हिरापूर कृष्णसार संरक्षण क्षेत्र | |
देश | ![]() |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कञ्चनपुर जिल्ला |
वडा संख्या | १२ |
स्थापना | २०७३ फल्गुण २२ |
सरकार | |
• प्रकार | स्थानीय तह |
• अङ्ग | नगर कार्यपालिका |
• नगर प्रमुख | श्री दिल बहादुर ऐर (नेपाली काँग्रेस) |
• नगर उपप्रमुख | श्री तुलसी देवी हमाल नेकपा (एमाले) |
क्षेत्रफल | |
• जम्मा | १६२.५७ किमी२ (६२.७७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४६८३४ |
• घनत्व | २९०/किमी२ (७५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-९९ |
वेबसाइट | www |
कञ्चनपुर जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्य विन्दूमा रहेको १६२.५७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा नगरपालिका अन्तर्गत ४६८३४ जनसङ्ख्या रहेको छ। यस नगरपालिकाको भू–आकृति स्वरुप करिब सवैजसो समतल रहेको छ। यस नगरपालिकाको पूर्वमा कृष्णपुर नगरपालिका, पश्चिममा शुक्लाफाँट वन्यजन्तु आरक्षण र बेदकोट नगरपालिका, उत्तरमा डडेल्धुराको चुरे पर्वत र दक्षिणमा लालझाडी गाउँपालिका र शुक्लाफाँट राष्ट्रिय निकुञ्ज रहेको छ। यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम ९ डिग्री रहेको पाईन्छ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ "जिल्ला विकास समिति, कञ्चनपुर (पालिकाको वडा विभाजन)"।