गोलबजार नगरपालिका
गोलबजार नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलमा पर्ने सिराहा जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा असनपुर, अशोकापुर बल्कवा, बेतौना, लालपुर, चन्द्रलालपुर, मुक्सर, चन्द्रोदयपुर र जमदह गाउँ विकास समितिहरू लाई समेटेर गोलबजार नगरपालिका घोषणा गरिएको हो।[३][४] गोलबजार नगरपालिकाको केन्द्रभने गोलबजार रहको छ। सिरहाको एक व्यापारिक र व्यावसायिक केन्द्रको रूपमा परिचित गोलबजार पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्दछ। गोलबजार नगरपालिकामा १३ वटा वडाहरु रहेका छन।[२][५] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
गोलबजार नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सिराहा जिल्ला |
स्थापना | मंसिर २०७१ |
क्षेत्रफल | |
• जम्मा | १०४.५ किमी२ (४०.३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४७,७६३ |
• घनत्व | ४६०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-३३ |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
गोलबजार नगरपालिका असनपुर, अशोकापुर बल्कवा, बेतौना, लालपुर, चन्द्रलालपुर, मुक्सर, चन्द्रोदयपुर र जमदह गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार असनपुर, अशोकापुर बल्कवा, बेतौना, लालपुर, चन्द्रलालपुर, मुक्सर, चन्द्रोदयपुर र जमदह गाविसहरूको जनसङ्ख्यालाई जोड्दा गोलबजार नगरपालिकाको कूल जनसङ्ख्या ४७,७६३ हुन्छ।[१]
विविध सम्पादन गर्नुहोस्
यहाँ ईट कारखानाहरू तथा चामल मील रहेका छन् ।त्यसैले यहाँका ईट काठमाडौँमा पनि विक्री हुन्छ ।
धार्मिक स्थल सम्पादन गर्नुहोस्
धमिनी मन्दिर तथा केही गिरिजा घरहरू
भाषा सम्पादन गर्नुहोस्
नेपाली, मैथिली, तामाङ
धर्म सम्पादन गर्नुहोस्
हिन्दु, बौद्ध, मुस्लिम, ईसाई
जातजाति सम्पादन गर्नुहोस्
तामाङ, कोईरी, सुडी, मगर, नेवार, दनुवार, कथवनियाँ
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
- ↑ "गोलबजार नगरपालीका स्थानीयबासीमा खुसीयाली", साझा सवाल, २०७१ मंसीर १८, अन्तिम पहुँच १८ मंसीर।[dead link]
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |