कोहलपुर नगरपालिका
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
कोहलपुर नगरपालिका बाँके जिल्लामा पर्ने नगरपालिका हो । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा कोहलपुर र रझेना गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कोहलपुर पनि नगरपालिका बनेको हो। यो सहर पूर्व-पश्चिम राजमार्गमा पर्ने नेपालको सबैभन्दा छिटो विकास हुने ठाउँहरू मध्ये एक हो। यस सहरकाे छिमेकी सहर नेपालगन्ज दक्षिणमा (१६ किमी), घोराही सहर पश्चिममा दाङ जिल्ला (१३५ किमी) र नेपालगन्ज देखि थप ६ किलोमिटर दक्षिणमा भारतीय सिमाना रहेकाे छ।
कोहलपुर नगरपालिका | |
---|---|
कोहलपुर नगरपालिका | |
![]() | |
निर्देशाङ्क: २८°१२′उ॰ ८१°४१′पू॰ / २८.२००°N ८१.६८३°Eनिर्देशाङ्कहरू: २८°१२′उ॰ ८१°४१′पू॰ / २८.२००°N ८१.६८३°E | |
देश | ![]() |
अञ्चल | भेरी |
जिल्ला | बाँके |
सरकार | |
• अङ्ग | कोहलपुर नगरपालिका सरकार |
• मेयर | पूर्ण आचार्य |
• उप मेयर | संगिता सुबेदी |
क्षेत्रफल | |
• जम्मा | ६८५ किमी२ (२६४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८७३०० |
समय क्षेत्र | युटिसी+5:45 (NST) |
हुलाक कोड | 21904 |
क्षेत्रीय सङ्केत | 081 |
वेबसाइट | www.kohalpurmun.gov.np |
स्थापनासम्पादन
विं. स. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि समसेरगन्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो ।
जनसङ्ख्या र जनजाति समुदायसम्पादन
कोहलपुर नगरप्रोफाइल-२०७४ मा दिइएको घरधुरी सर्वेक्षण, २०७३ को विवरण अनुसार कोहलपुर नगरपालिकामा कुल घरपरिवार १७,६८९ तथा कुल जनसङ्ख्या ८७,३०० रहेको छ । औसत जनसङ्ख्या वृद्धि दर ३.५३ प्रतिशत छ । जाति समुदायका आधारमा कोहलपुरमा कुल जनसङ्ख्यामध्ये पहाडी दलित (११ प्रतिशत), मधेसी दलित (२.२ प्रतिशत), पहाडी जनजाति तथा आदिबासी (९.८ प्रतिशत), मधेसी जनजाति तथा आदिबासी (२६.९ प्रतिशत), पहाडी ब्राम्हण/क्षेत्री/ ठकुरी/ सन्यासी (४३.६ प्रतिशत), मधेसी ब्रम्हण/ क्षत्री/ राजपुत (२ प्रतिशत), मुस्लिम (२.७ प्रतिशत), पहाडी अन्य(०.५ प्रतिशत), मधेसी अन्य (१.३ प्रतिशत) जाति लगायत खटिक, चिडीमार आदिजस्ता लोपान्मुख तथा सीमान्तकृत समुदायका मानिसहरु बसोबास गर्दछन् ।