भिमाद नगरपालिका

नगरपालिका

भिमाद तनहुँ जिल्लाको मध्य-पश्चिम क्षेत्रमा फैलिएको एक नगरपालिका हो ।[१] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा अरुनोदय, किहूँ, भानुमती, ऋषिङ रानीपोखरीको वडा नं. ९, सामुङ भगवतीपुरको वडा नं. २, गजरकोटको वडा नं. ९, माझकोटका (१-५,७-९) वडाहरू र साविकको भिमाद गाउँ विकास समितिहरूलाई समेटेर भिमाद नगरपालिका घोषणा गरिएको हो ।[२]

भिमाद
भिमाद नगरपालिकाको वडा विभाजन
भिमाद नगरपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लातनहुँ
स्थापना२७ फाल्गुण २०७३
सरकार
क्षेत्रफल
 • जम्मा१२९ किमी (५० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,३६२
 • घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको भिमाद गाविसको कार्यालय
वेबसाइटbhimadmun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

प्रदेश नं. ४ स्थित तनहुँ जिल्लामा अरुनोदय, किहूँ, भानुमती, ऋषिङ रानीपोखरीको वडा नं. ९, सामुङ भगवतीपुरको वडा नं. २, गजरकोटको वडा नं. ९, माझकोटका (१-५,७-९) वडाहरू र साविकको भिमाद गाविसहरूलाई मिलाएर भिमाद नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भिमाद नगरपालिकाको जनसङ्ख्या ३१,३६२ रहेको छ ।[३][४]

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

भिमाद नगरपालिकामा ९ वडाहरू रहेका छन। भिमादको कुल क्षेत्रफल १२९ वर्ग कि.मी. छ । यो नगरपालिकाको पूर्वमा ऋषिङम्याग्दे गाउँपालिका पर्दछ भने पश्चिममा स्याङ्जा जिल्ला छ । यसको उत्तरी भागमा शुक्लगण्डकी नगरपालिका छ भने दक्षिणी क्षेत्रमा घिरिङऋषिङ गाउँपालिका पर्दछन् ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
  5. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्